Home / Feature Breaking news / दुग्धजन्य उत्पादनको मुल्य बुद्धि

दुग्धजन्य उत्पादनको मुल्य बुद्धि

अमरराज आचार्य
दाङ, ९ भदौ । दुग्ध जन्य वस्तुको मुल्य वृद्धि गरिएको छ । घोराही क्षेत्रमा दुध दही, घिउ, पनिरलगायतका बस्तुको मुल्य वृद्धि गरिएको छ । डेरी व्यवसायी संघले मुल्य वृद्धि गर्ने निर्णय गरेको हो । २ वर्षदेखि दुधको मुल्य वृद्धि हुन सकेको थिएन । सवै क्षेत्रमा मुल्य वृद्धि भएको कारण मुल्य वढाइएको डेरी व्यवसायि संघ घोराहीका अध्यक्ष इश्वरी घिमिरेले बताए ।
संघले दुध प्रतिलिटर ८० रुपैया वनाएको छ । त्यसैगरेर दहि १ सय रुपैया लिटर वनाइएको छ । पनिर ७ सय रुपैया किलो र घिउ १ हजार २ सय रुपैया किलो वनाइएको उनले बताए । मुल्य वृद्धि भए पछि कृषकहरुले ५ रुपैया र व्यवसायिहरुले ५ रुपैया पाउने संघले जनाएको छ । यसरी वढाइएको मुल्य यही भदौ ११ गते वाट लागु हुने संघले जनाएको छ । जिल्लामा कति दुध उत्पादन तथा खपत हुन्छ भने यकिन तथ्याङ भने छैन् । व्यवासायिहरुका अनुसार जिल्लामा दैनिक करिव२० देखि २५ हजार लिटर दुध खपत हुने गरेको छ । जिल्लाका घोराही, लमही, तुलसीपुर, गढवा, भालुवाङ, नारायणपुर लगायतको बजारहरुमा गरी दैनिक करिव २० देखि २५ हजार लिटर दुध खपत हुने गरेको छ ।

खपतको तुलनामा उत्पादन भने कम रहेको व्यवसायिहरु बताएका छन् । अन्य समयमा पुगे पनि चाड पर्वको वेला दुध अपुग हुने गरेको छ । चार्ड पर्वको समयमा डेरीहरुमा दुध तथा दहीको नपुग्ने गरेको डेरी व्यवसायि संघ घोराहीका अध्यक्ष इश्वरी घिमिरेले राप्ती सन्देशलाई बताए । चाड पर्वको समयमा डेरीहरुमा विहान नै दुध दही सकिने गरेको छ । घोराहीमा मात्र दैनिक२५ सय लिटर दुध आउने गरेको छ । घोराहीमा उत्पादनले नपुगेको कारण वाहिर वाट ल्याउनु पर्ने उनको भनाइ छ ।

जिल्लामा पछिल्लो समय डेरी व्यवसायीमा लगानी वढदै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लामा ४५ वटा डेरी दर्ता भएका छन् । यी डेरी उद्योगमा ३ करोड ७७ लाख १४ हजार लगानी भएको छ । अझ पछिल्लो चरणमा दुध तथा दुग्धजन्य पदार्थको माग बढ्दै गएकाले डेरी उद्योग खुल्ने क्रम पढेको दाङ जिल्ला डेरी व्यवसायिहरु बताउछन् । जाडो समयमा जिल्लाको उत्पादनले धान्ने पनि अन्य समयमा पर निर्भर रहनु पर्ने वाध्यता रहेको छ । अन्य समयमा भन्दा चाडपर्वको समयमा वाहिरबाट धेरै आयात गर्नु पर्ने गरेको छ ।

जिल्ला दुधमा आत्म निर्भन हुन नसक्दा वाहिर वाट ल्याउनु पर्ने वाध्यता छ । जिल्लामा दुधका लागि व्यवसायीक गाइपालन केही फस्टाउदै गए पनि व्यवसायीक भैसीपालन कम रहेको किसानहरु बताउछन् । बजारमा गाइको भन्दा भैसीको दुधको माग वढीभएकाले व्यसायिक भैसीपालन गर्नु आवश्यक रहेको व्यवसायिहरुको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*