Home / Feature Breaking news / घोराहीमा कामकाजी बन्यो थारु भाषा

घोराहीमा कामकाजी बन्यो थारु भाषा

दाङ,१० भदौ । सुचनाको हक प्रयोग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष तथा गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक एव स्थानीयवासी विपुृल पोख्रेलले थारुभाषाको प्रयोगको सन्दर्भमा सुचना मागेपछि घोराही उपमहानगरपालिकाले स्थानीय भाषामै सुचना दिएको छ । थारु भाषामै उपमहानगरपालिकाले दिएको सूचना यो पहिलो हो ।

थारुभाषलाई बोलिचालीमा पनि कामकाजी भाषा बनाइने भनेर घोराही उपमहानगरपालिकाले दुई बर्ष पहिले निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिए । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष पोख्रेलले केही दिन थारु भाषामै निवेदन दिएर सूचना माग गरेपछि उपमहानगरपालिकाले थारु भाषामै सूचना दिएर कार्यान्वयनमा ल्याएको हो ।

patra

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार कहि पनि जातिय भाषालाइ कामकाजको भाषाका रुपमा पहिचान गर्ने लक्ष सहित आफ्नो कार्यपालिका बैठकमा भनेपनि समग्रमा कुनैपनि स्थानिय सरकारले यसलाइ कार्यन्वयनमा ल्याउन सकेका थिएनन । जातिय रुपले थारुभाषीको जनसंख्या दाङ जिल्लामा कम्तिमा ४० प्रतिशत भएको अवस्थामा घोराही उपमहानगरपालिकाले यस अघि थारुभाषालाइ कामकाजी भाषाका रुपमा लिन सकेको थिएन ।

सुचनाको हकसंगै अव थारुभाषीहरुले पनि अव उनीहरुकै मातृभाषामा बोलिचाली र लिखितम निवेदन दिन सक्ने छन् । त्यसलाइ सहर्ष स्वीकार गरीने नगरपालिकाले जनाएको छ । यसले संघात्मक अभ्यासको अनुभुति भएको छ । यसलाई निरन्तरता दिने अपेक्षा समेत गरिएको छ । उपमहानगर प्रमुख नरुलाल चौधरीले चुनावी एजेण्डामै थारुभाषालाइ कामकाजी भाषाका रुपमा स्वीकार्ने बताएसँंगै कार्यपालिका बैठकले करिव दुई बर्ष अघि घोराही उपमहानगरपालिकामा कामकाजी भाषा बनाउने निर्णय गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*