Home / Feature Breaking news / घोराहीमा ११ कृतिम ताल

घोराहीमा ११ कृतिम ताल

दाङ,१० भदौ । घोराही उपमहानगरपालिकाले नगरका क्षेत्रमा ११ वटा कृतिम ताल बनाएको छ । कृतिम जलाशय निर्माणमा ४ करोड, २५ लाख ३२ हजार खर्च भएको छ । सो बजेटबाट घोराही—१७को गुलरिया तालकालागी ४३ लाख ६८ हजार रुपैया, वडा नंम्वर १०को ठांटिगाउँ तालकालागी ३५ लाख ४२ हजार ८ सय, वडा नं १८ गिठेपानी तालकालागी २१ लाख ४ सय, वडा नंम्वर १२ को जगखोलीको तालमा ५४ लाख १७ हजार खर्च भएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीले जानकारी दिए ।

kirtim tal

त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्ंवर १ र २ को पायक पर्ने चेपे तालकालागी ९९ लाख ९८ हजार ९ सय, वडा नम्वर २ को बलामपुर कोल्कहवा तालकालागी ४१ लख ९ हजार ४ सय ५६ रुपैया, वडा नम्ंवर १७ कै ढिकपुर तालकालागी ४७ लाख ३६ हजार ८ सय रुपैया र सोही वडाकै आरोग्य तालकालागी ५२ लाख ६ हजार ३ सय, वडा नंम्वर १८को अम्वापुर तालकालागी ५८ लाख ९ सय ६५ रुपैया, वडा नम्ंवर १६ को गंगटे तालकालागी ४२ लाख ४३ हजार ३ सय रुपैया विनियोजन गरिएको नगरपालिकाका सुचना अधिकारी चौधरीले जानकारी दिएका छन ।

घोराही उपमहानगरपालिका वडा नम्वर ६ को लखुवार तालकालागी २८ लाख २८ हजार रुपैया खर्च गरिएको गरिएको छ । उपमहानगरपालिकाले बर्षादको पानी संरक्षणसँगै पानीको मुहान संरक्षणमा सहयोग पु¥याउने घोराहीमा एक वडा एक कृतिम जलाशय बनाउन अभियानलाई अघि बढाएको छ ।

कृतिम जलाशयले पानीको श्रोतको संरक्षणसगैँ त्यस क्षेत्रका किसानहरुलाई आयआर्जनमा समेत सहयोग पु¥याउँदै आएको छ । स्थानीयहरुले कृतिम पोखरीमा माछापालनसँगै पोखरीको पानीबाट व्यवसायीक तरकारी खेती समेत गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*