Home / समाचार / नेविसंघ क्षेत्र नम्बर ३ द्धारा मूल समिति गठन

नेविसंघ क्षेत्र नम्बर ३ द्धारा मूल समिति गठन

घोराही, १९ कार्तिक
नेविसंघ दाङ साविक क्षेत्र नम्बर ३ ले आगामी निर्वाचनकालागि मूल समिति गठन गरेको छ । क्षेत्रीय समितिको आज घोराहीमा बसेको बैठकले क्षेत्रीय सभापति तिलक रावतको संयोजकत्वमा समिति गठन गरेको हो ।

जसको सदस्यहरुमा ऋषी पोख्रेल, डि.के जोशी, कुलराज पोख्रेल, सरद गिरी, ओमप्रकाश शर्मा, पारस भण्डारी, प्रविणमान श्रेष्ठ, लेखनाथ बुढाथोकी, बलदेव मल्ल, हरि विष्ट र निरज गिरी रहनुभएको छ ।

क्षेत्रीय सभापति तिलक रावतको अध्यक्षतामा बसेको बैठकले निर्वाचनमा कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि समन्वयकारी भूमीका खेल्न सम्पूर्ण नेविसंघमा आवद्ध सम्पूर्णलाई निर्देशन दिएको छ ।

यस्तै बैठकले निर्वाचनलाई लक्षीत गरि युवा सहभागिता प्रभावकारी बनाउन नेविसंघ र तरुण दलले संयुक्त रुपमा छलफल र कार्यक्रम गर्ने निर्णय पनि गरेको सचिव लेखनाथ बुढाथोकीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*