काठमाडौँ, १७ असार
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस् पावर्ड बाइ गोल्डस्टार मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अवार्ड आयोजना गरेको हो ।
यस वर्षको अवार्ड प्याराग्लाईडिङका युकेश गुरुङ, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, फुटबलका रोहित चन्दले जितेका छन् । एथ्लेटिक्सका अजितकुमार यादव उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । उनले चार खेलाडीले पछि पार्दै अवार्ड जितेका हुन् ।
बाह्रखरीबाट