Home / Feature Breaking news / आईजीपीका प्रतिष्पर्धी भन्छन् – साथी आईजी भयो, मिलेर काम गर्छौैं

आईजीपीका प्रतिष्पर्धी भन्छन् – साथी आईजी भयो, मिलेर काम गर्छौैं

काठमाडौं, २४ असार ।

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको प्रतिष्पर्धामा रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । साथी शैलेश थापा क्षेत्रीलाई सरकारले आईजीपीमा नियुक्त गरेकोमा थापाले खुशी व्यक्त गरेका हुन् ।

नेपाल प्रहरीको २८ औं महानिरीक्षकको प्रमुख बन्ने दौडमा थापा र पाल थिए । सरकारले मंगलबार थापालाई आईजीपीमा बढुवा गरेको छ ।

एआईजी पालले भने, ‘सरकारको निर्णय स्वागतयोग्य छ, अब मिलेर काम गर्छौं ।’ मिल्ने साथी आईजीपी भएकोमा आफूलाई गर्व लागेको पनि उनले बताएका छन् ।

‘अहिलेसम्म सँगसँगै बढुवा भएर एआईजीसम्म आयौं, आईजीपी हुने एक जना मात्रै हो । जुन निर्णय गर्ने अधिकार सरकारको थियो,’ पालले भने, ‘सरकारले निर्णय गरिसक्यो, अब मिलेर संगठनको साख बढाउने गरी काम गर्छौं ।’ पालले सहकार्य गरेर कार्यकाल सफल बनाउन सहयोग गर्ने पनि बताए ।

यसअघि आईजीपी बढुवा हुने अधिकृत र प्रतिष्पर्धीबीच सुमधुर सम्बन्ध हुने गरेको थिएन । अहिले थापा र पालको नेतृत्व उदाहरणीय देखिएको प्रहरी अधिकृतहरु बताउँछन् । नियुक्ति अघि एआईजीद्वयले एकअर्काबीच आरोप प्रत्यारोप नगर्ने समझदारी गरेका थिए । सोही अनुरुप उनीहरु विभिन्न कार्यक्रम पनि एकैसाथ सहभागी हुन जाने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*