Home / Feature Breaking news / प्रधानमन्त्री स्वरोजगार कार्यक्रमः धर्नामा गोरेटो बाटो मर्मत गरिदै

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमः धर्नामा गोरेटो बाटो मर्मत गरिदै

दाङ,२० असार । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ५ मा गोरेटो बाटो मर्मत गरिदै छ । धर्नाको पिपलटाकुरादेखि रज्य गाउँ जोड्न गोरेटो बाटोको मर्मत गर्न शुरु गरिएको हो ।

गोरेटो बाटो मर्मत कार्यको शुक्रवार एक कार्यक्रमका विच घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिष्णुमणि दाहालले सुभारम्भ गरेका हुन ।

bisnu

स्थानीयवासीलाई उक्त बाटो भएर हिडडुल गर्न सहज होस भनेर गोरेटो सडक मर्मत गरिन थालेको वडाध्यक्ष दाहालले जानकारी दिए । पुरानो सडक भएको र रज्य, मन्नामेका स्थानीयवासीलाई वडा कार्यालय आउनका लागि सहज होस भनेर गोरेटो बाटो मर्मत गरिन थालिएको हो ।

उक्त बाटो मर्मतमा ४२ जनाको सहभागिता रहेको छ । त्यस अवसरमा घोराही उपमहानगरपालिकाका प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक शरद खनालले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
त्यस अवसरमा घोराही उपमहानगरपालिका नगर कार्यपालिका सदस्य डिल्लीबहादुर नेपाली, वडा सदस्य फत्तेबहादुर केसी, पिपलटाकुरा टोल विकास सस्थाका अध्यक्ष तिला नेपालीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*