आत्तिन्छ मन किन हो छिनको छिन्, लकडाउन
रेडियो टि भी, अनलाइनमा समाचार कोरोनाको
इट्ली स्पेन अमेरिकामा लौ न के के भाको
कोरोना कै कुरा गर्छन् किन खोजी खोजी
ब्रेकीङ न्यूज र हटलाइन्मा चल्छ होडबाजी
कोरोनाले लौन के ल्यायो
समाजलाई नै आतंकित बनायो
कोरोनाले छुन्छ की भन्ने लाग्छ मनमा डर
रात काट्नै मुस्किल भा छ निन्द्रा नलागेर
उकुस मुकुस छटपटी छ खानामा मन छैन
घर धन्दा बिति राछ काममा ध्यान छैन
दिन रात रोइ बस्छु धरधरी
शरिर पोल्छ मन हुन्छ झन् भारी
जडि बुटी धेरै खाएं निको भा को हैन
डाक्टर बैद्य देखाउदानी रोग देखिया छैन
छोरा छोरी मुग्लानमा छन् केही गरेन धन्ले
बाच्नु भन्दा मर्नै बेस हो की भन्छ मन्ले
मनमा पिर छ कसरी हाँसु र
यही चालाले कति दिन बाँचु र
द्वन्द हिंसा प्रलय र आपत विपद्मा
माथि लेख्या लक्षण आउछन् धेरै मानवमा
के नै भयो मलाइ भनि नपरौं है शोकमा
समय मै विचार गरौँ नजाऔं मनोरोगमा
योगा ध्यान ब्यायाम गरौं
कोरोनाको समाचार कम पढौं
आफन्त र प्रियजनको संपर्कमा बसौं,
साथी संगी छिमेकीलाई मनका कुरा पोखौं
पाठ पुजा जप ध्यान गरौं धर्म अनुसार
सचेत प्राणी मानव हामी नखानु है हार
दुःख चिन्ता कागजमा केरेर, मन बुझाउं है दुनीयां हेरेर
बालक देखी बृद्धासम्म सबलाई काम लाग्ने
एक्सप्रेसिभ थेरामी हो मनोरोग भाग्ने
लामो लामो सास तानौं पिउं धेरै पानी
मनका पिडा कम गराउछन् गित संगितले पनि
धेरै भए घर भित्र अभाव, लाज नमानि मागौं है सहयोग
सचेत प्राणी मानव हामी पिडा पक्कै हुन्छ
सोची ल्याउदा नमर्ने जिव संसारमा कुन्छ
हाम्रै कमाई हुन् है हजुर धन सम्पति सन्तान
जन्मदैमा ल्याएको मृत्यू इश्वरको बरदात
मनको डाक्टर मनोबिद् कहां जाउं
विमर्शले ठिक पार्छ मनको घाउ
लक्ष्मी ढकाल
मनोविमर्शकर्ता