Home / Feature Breaking news / लुम्बिनीका मुख्यमन्त्री चाैधरीले सोमवार विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री चाैधरीले सोमवार विश्वासको मत लिने

दाङ, १५ बैशाख ।

लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री डिल्ली बहादर चौधरीले बैशाख १८ गते सोमवार विश्वासको मत लिनुहुने भएको छ । शुक्रवार बसेको पहिलो मन्त्री परिषद बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।

पहिलो बैठकले स्थानीय उत्पादनको प्रवद्र्धज गर्दे त्यसको वजारी करण गर्ने प्रदेशमा रहेका विभिन्न बस्तुको उपयोग गर्दै कार्यकाल अवधिमा दुई लाख रोजगारी सिर्जना गर्ने निर्णय भएको छ । त्यसै गरेर पर्यटन क्षेत्रलाई प्रमुख केन्द्रमा राखेर पर्यटकीय प्रदेश निर्माण गर्ने र यसका लागि हदै सम्मको प्रयास गरि परिणाममा प्रमाणित गर्ने निर्णय गरेको मन्त्री पाण्डेयले बताए ।

प्रदेश सरकार गाउँ गाउँ र घर घरमा छ भन्ने अनुभूति हुने गरि काम गर्ने निर्णय गरेको मन्त्री पाण्डेलो जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*