Home / Feature Breaking news / कोदालो प्रहार गरेर रुपन्देहीमा पाँचजनाको हत्या

कोदालो प्रहार गरेर रुपन्देहीमा पाँचजनाको हत्या

बुटवल, २७ जेठ
कोदालो प्रहार गरेर गएराति रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचजनाको हत्या भएको छ । हत्याको आशंकामा एकजना पक्राउ परेका छन् । एक फार्ममा कार्यरत पाँचजनाको हत्या उनीहरुकै साथीले गरेको हुन सक्ने आशंका गर्दै सुर्खेत घर भएका २६ वर्षका झपेन्द्र सिंह सिंजालीलाई पक्राउ गरिएको छ ।
फार्ममा काम गर्नेहरु पाँचजनालाई कोदालो प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या गरिएकाहरुमा आषिश चौधरी, करन चौधरी, कोषराज मुसहर, माधव मुसहर र जानकी मुसहर छन् । तिलोत्तमा नगरपालिकाको कान्छीबजारस्थित मैनहवा गाउँमा आफ्नै साथीले पाँचजनाको हत्या गरेको हुन सक्ने प्रहरी आशंका छ । प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले हत्यामा संलग्नताको आशंका गरिएका युवकलाई पक्राउ गरिएको जानकारी दिए ।

हत्या गरिएका ५ जना पनि झपेन्द्रसँगै सोही पशु फार्ममा काम गर्दैै आएका थिए । प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान भइरहेको डीआईजी धानुकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*