Home / Feature Breaking news / इन्द्रेणी युवा क्लब भालुवाङद्वारा क्यान्सर पिडितलाई सहयोग

इन्द्रेणी युवा क्लब भालुवाङद्वारा क्यान्सर पिडितलाई सहयोग

दाङ, १६ कार्तिक

दाङको भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले हिजो एक समारोह गरि राप्ती गाउपालिका ०१ भालुवाङका क्यान्सर पिडित हरि बहादुर क्षेत्रीका लागी उठाएको सहयोग रकम हस्तान्तरण गरेको छ ।

भालुवाङका हरि बहादुर क्षेत्रीको खुट्टामा देखिएको घाउ बिग्रीएर क्यान्सर भएको र कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि चाहिने रकम जम्मा गर्न नसक्ने भएपछि पिडित क्षेत्रीको आग्रहमा क्लबका अध्यक्ष भिम बहादुर मरासिनीको नेतृत्वमा क्लबले एक अभियान चलाएर सहयोग रकम उठाएको थियो ।

३ किस्ता गरेर जम्मा ३८९००० रुपैया उठाएको क्लबले पहिलो किस्तामा ५२०००,दोस्रो किस्तामा २६२००० बुझाइएको क्लबका अध्यक्षले बताउनुभयो । बाकी रहेको १ किस्ताको रकम ७५००० रुपैयाँ हस्तान्तरण र पहिले बुझाएको रकमको बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरेको पत्रकार सम्मेलन तथा रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका सभापति क्लबका अध्यक्ष भिम बहादुर मरासिनी,प्रमुख अतिथि राप्ती गाउपालिका दाङका अध्यक्ष नुमानन्द सुबेदी, बिशिस्ट अतिथी राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेल, एओन टेलिभिजनका प्रबन्धक अमृतमान वली, पत्रकारहरु,क्लबका सदस्यहरु,स्थानिय बुद्धिजीवी लगायतका बिच सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण समारोहमा बोल्दै पिडित हरि बहादुर क्षेत्रीले क्लब र सहयोगी दाताहरुको मद्दतले आफू पुन: कृत्रिम खुट्टा जोडेर हिड्न सक्ने भएकोमा खुशी व्यक्त गर्दै सम्पुर्ण सहयोगी हरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रमुख अतिथी नुमानन्द सुवेदीले आफुले आफ्ना गाउपालिका भित्र रहेका थुप्रै पिडितहरुलाई सहयोग गरेको र हरि बहादुर लाई पनि जिविकोपार्जनका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो साथै राप्ती उद्योग बाणिज्य संघ भालुवाङ अध्यक्ष जगत पोख्रेलले आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा बोल्दै क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले आफ्नो अभियानलाई साथ दिएर सहयोग रकम उपलब्ध गराउने सबै उद्योगी, व्यापारी,समाजसेवी लगायत देश तथा विदेश बाट सहयोग पठाउने सम्पुर्ण र क्लबका सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो र अरु यस्ता थुप्रै पिडितहरुलाई आफ्नो तर्फबाट अभियान चलाएर क्लबले सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राप्ती उद्योग बाणिज्य संघ भालुवाङको सभाहलमा भएको कार्यक्रमको सहजीकरण पत्रकार हिमाल खडकाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*