Home / Feature Breaking news / प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय १७

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय १७

दाङ, २६ जेठ

 प्रदेश ५ मा कोरोना संक्रमितको संख्या एक हजार १ सय १७ पुगेको छ । सोमबार मात्रै प्रदेशमा ९५ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमा अर्घाखाँचीमा मात्रै ३१ जना थपिएका हुन् । कोरोनाका कारण प्रदेशमा ५ जनाको मृत्यु भएको छ । ४ जनाको चिन्ताजनक छ । उनीहरुको आईसीयूमा उपचार भइरहेको छ । प्रदेशका १२ वटै जिल्लाहरुमा कोरोना फैलिएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै कपिलवस्तुमा संक्रमण देखिएको छ । सोमबार साँझसम्म त्यहाँ ५ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा २ सय ७१ र रुपन्देहीमा १ सय ३७ जनामा संक्रमण देखिएको छ ।

दाडमा ८०, बर्दियामा ६०,अर्घाखाँचीमा ३६, नवलपरासी पश्चिममा २१, प्युठानमा १२, पाल्पामा ९, गुल्मीमा ७, रोल्पामा र रुकुमपूर्वमा ३ / ३ जनामा कोरोना पेजिटिभ देखिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार यहाँ अहिलेसम्म २३ हजार एक सय ३३ वटा स्वाब संकलन गरिएको छ । त्यसमध्ये ५ हजार ८ सय ७६ जनाको नतिजा आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*