Home / Feature Breaking news / घोराहीमा वडा अध्यक्ष पाण्डेयलाई प्रहरीबाट दुर्व्यवहार

घोराहीमा वडा अध्यक्ष पाण्डेयलाई प्रहरीबाट दुर्व्यवहार

दाङ,१८ जेठ । घोराही उपमहानगरपालिका– १५ का वडा अध्यक्ष रमेश पाण्डेलाई प्रहरीले दुर्व्यवहार गरेको छ ।

मंगलबार दिउँसो १२ बजेतिर घोराही उपमहानगरपालिका–१५ रतनपुरका एक जना वडावासीले अक्सिजन सिलिन्डर खोजेर ल्याइदिन आग्रह गरेपछि वडा कार्यालयबाट उनी अक्सिजनको खोजिमा निस्किएका थिए । सोही बेला प्रहरीले उनी माथी दुर्व्यवहार गरेको वडाध्यक्ष पाण्डेले बताएका छन् ।

आफ्नो वडा कार्यालयबाट अक्सिजनको खोजीमा हिडेका वडाध्यक्ष पाण्डे जिल्ला प्रहरी कार्यालय नजिकै पुग्दा त्यहाँ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले चेकिङ गरिरहेको थियो । वडाध्यक्ष पाण्डेलाई प्रहरी निरीक्षकले रोके । पाण्डेलाई चेकिङमा खटिएका प्रहरी निरीक्षकलाई आफ्नो परिचय दिदै कामको बारेमा बताए । वडा अध्यक्षको परिचय पत्र पनि देखाउदै आफुलाई जान दिन आग्रह गरे त्यो तर प्रहरी निरीक्षकले कुनै वास्ता नगरी वडाध्यक्ष पाण्डेलाई विनाकारण रोकिरहे ।

प्रहरी निरीक्षकले वडा अध्यक्षको लाइसेन्स पनि मागे र वडाध्यक्ष पाण्डेले त्यो पनि उनको हातमा थमाई दिए तर पनि प्रहरी निरीक्षक अझै रिसाउदै आफूलार्इ देख्दा एक किलोमीटर परबाट किन बिस्तारै नआएको भनेर प्रतिप्रश्न गरे । प्रहरी निरीक्षकको छाड्ने मनसाय नदेखेपछि आफ्नो स्कुटी प्रहरीलाइ बुझाएर वडाध्यक्ष पाण्डे अर्को बाइक खोजेर उनी जुन कामको लागि वडा कार्यालय बाट निस्केका थिए त्यो काम तिर लागे ।

ड्युटीमा खटिएका प्रहरी निरीक्षकलाई आफ्नो बारेमा सबै परिचय दिदा पनि आफूमाथि के कति कारणले यस्तो व्यबहार गरियो पाण्डे आश्चर्यमा परेको बताए । मलाई रोकेर चेकिङ्ग किन भयो भनेर मैले भन्दैन तर मैले सबै कागजात देखाउदा देखाउदै पनि मलाई रोकेर अनेक कुरा मप्रति तेर्साउनुले प्रहरीले आम नागरिक प्रती कस्तो व्यबहार गर्दो रहेछ भन्ने कुराको चित्रण गर्ने वडा अध्यक्ष पाण्डेले भने ।

यता जिल्ला प्रहरी कार्यालय दाङले चेकीङ्गका क्रममा प्रहरी निरीक्षकले वडा अध्यक्षलाइ नचिनेर स्कुटी रोकेको प्रतिक्रिया दिदै आफ्नो स्कुटि लैजान पाण्डेलाई आग्रह गरि सकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले प्रहरीले नियतबस भन्दा पनि नचिनेर त्यो घटना घटेको र वडा अध्यक्ष आफैमा सहयोगी भावना भएको र जिप्रकालाइ धेरै सहयोग गरेको पनि स्मरण गरेका छन ।

घटनाबारे यसो भन्छन् वडाध्यक्ष पाण्डे

दिउँसो झण्डै दुई बजेको थियो । म घोराही उपमहानगरपालिका १५ को आफ्नै वडा कार्यालयमै थिएँ । एकजनाले फोन गरेर अक्सिजनका लागि अनुरोध गर्नुभयो ।

उहाँलाई मैले अक्सिजनको खाली सिलिन्डर भए नभएको बारे सोधेँ । उहाँले खाली सिलिन्डर रहेको जानकारी दिनु भयो । म उहाँको घर तर्फ जाँदै थिएँ । जिल्ला प्रहरी कार्यालयको गेट नजिकै पुगेको थिएँ ।

प्रहरी निरिक्षकको नेतृत्वमा रहेको प्रहरी टोलीले मलाई रोक्यो । ती प्रहरी निरिक्षक सुरुमै खरो रुपमा प्रस्तुत भए ।

चेकिङ छ भन्ने थाहा छैन रु भनेर ती निरिक्षकले हप्काउन खोजे । मैले खरो प्रस्तुतीप्रति असहमती जनाउँदै भनेँ ‘ पनि तपाईहरु जस्तै फ्रन्टलाईनमा रहेर काम गर्ने मान्छे हुँ ।’

प्रहरी निरिक्षकको सिंघम शैली फेरिएन ।
चेकिङ छ भन्ने थाहा हुँदा हुँदै स्कुटर अलि टाढै रोक्नु पर्दैन रु भन्दै ति प्रहरी निरिक्षक कड्कीए । उनले कार्ड छ भनेर खरो रुपमा सोधे । मैले आँफूले भिरेको वडा अध्यक्षको कार्ड देखाएँ ।

तपाईसंग जिल्ला प्रशासन कार्यालयको पास छ भनेर उनले सोधे । मैले फेरी पनि वडा अध्यक्ष रहेको र जनताको काममै हिँडेको जवाफ दिएँ ।
लाईसेन्स छ रु मैले आफ्नो लाईसेन्स देखाएँ ।

निरिक्षकले सोधे — ब्लुबुक छ रु मैले घरमा छुटेको छ, घरबाट मगाउन सक्छु भनेँ । प्रहरी निरिक्षकले मेरो कुरै सुन्न चाहेनन् । स्कुटर भित्र हाल भनेर जिल्ला प्रहरी कार्यालय भित्र स्कुटर छिराउन लगाए ।

एकजनाको मोटरसाईकल मगाएँ अनि अक्सिजनको माग गरेका ति ब्यक्तिको घरमा पुगेँ । मेरो स्कुटर अहिले पनि जिल्ला प्रहरी कार्यालय भित्रै छ ।
अहिले कोरोना संक्रमणको बिषम परिस्थती छ । हामी, प्रहरी लगाएत फ्रन्टलाईनमा रहेर काम गरिरहेकाहरुलाई यो महामारी झनै कति चुनौती छ ।

जिल्लामा कायम रहेको लकडाउन कार्यान्वयनका लागि प्रहरी खटिएको छ , यो राम्रो पक्ष हो । तर उनिहरु मात्रै फ्रन्टलाईनर हो रु उनिहरुले मात्रै जनताका लागि काम गरेका हुन् रु प्रत्यक नागरिकको समस्यामा हामीहरु घरदैलो गरिरहेका छैनौँ । हामी पनि जनप्रतिनिधि हो ।

यो महामारी नियन्त्रणसंगै लकडाउनमा नागरिकले भोग्नु परेका समस्या समाधानका लागि हामीहरु कति कुद्नु परको रु त्यो प्रहरीले बुझ्नु पर्दैन रु के हामी जनताको काम गर्न जाँदा प्रशासनबाट पास लिएर जानु पर्ने हो रु हिँजो प्रहरीले गरेको ब्यवहारले दुखित छु ।

म प्रति सिंघम शैलीमा उत्रिएका प्रहरी निरिक्षकलाई मेरो प्रश्न छ — तिमीले जनप्रतिनिधि को हुन् भन्ने चिनेका छौ रु जनप्रतिनिधिको जिम्मेवारी के हो रु भन्ने तिमीलाई थाहा छ रु बिपद्का बेला जनप्रतिनिधिहरु बजार घुम्न निस्केको भन्ने सोच्ने तिमी कस्तो अबुझ प्रहरी निरिक्षक रु

कोरोना संक्रमणले थलिएका बिरामीहरु अक्सिजन अभाव हुँदा कसरी छट्पटिईरहेका छन् रु तिमीले बुझ्ने चेस्टा सम्म गरेका छौँ रु हो म अक्सिजन अभावमा छट्पटीएका एक जना बिरामीलाई अक्सिजनको जोहो गर्न जाँदै थिएँ ।

तिमी बुझ्दैनौ हामी जनप्रतिनिधिहरुको भुमिका । तिमी त लकडाउन सफल पार्ने नाममा जनतालाई दुख दिन मात्रै जान्दो रहेछौँ , तर हामी दुखमा परेकाहरुलाई राहत दिन घरघरमै पुग्छौँ ।

यसर्थ हामी जनताको घरमा उनिहरुको समस्या सुन्न पुग्छौँ , तिमी जस्तो सडकमा लाठी बजारेर सिंघम शैली प्रस्तुत गर्ने फ्रन्टलाईनर हामी हैनौँ ।
जनप्रतिनिधिको दायित्व र जिम्मेवारीको पाठ पढ्नु अनि आम सर्वसाधारणको समस्या सुन्ने सामथ्र्य पनि राख्नु ।

सक्छौ पीडामा रहेकाहरुमाथि मल्हम बन्न सिक , तर पीडामा रहेकाहरुलाई थप पीडा दिएर महामारीमा खटिएका सच्चा फ्रन्टलाईनर प्रहरीहरुको बेईज्जत नगरिदेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*