Home / Feature Breaking news / तुलसीपुर मेट्रो अस्पतालमा ६१ जनाले कोरोना जिते

तुलसीपुर मेट्रो अस्पतालमा ६१ जनाले कोरोना जिते

तुलसीपुर, १८ जेठ । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना आइसोलेसनबाट अहिलेसम्म ६१ जनाले कोरोना जितेर घर फर्किएका छन् । शान्तिनगर र तुलसीपुरकासहित २ जना कोरोना संक्रमित मंगलबार कोरोना जितेर घर फर्किएपछि निको हुनेको संख्या ६१ जना पुगेको हो । कोरोना जितेका दुबैजनालाई लुम्बिनी प्रदेशका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई र रामलखन हरिजनले स्वास्थ्य सामग्री दिएर विदाई गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रिय सभा सदस्य भट्टराईले स्थानीय तहले आफ्नै लगानिमा अक्सिजन सहितको ५० बेडको आइसोलेसन अस्पताल निर्माण गर्नु उदाहरणीय काम भएको बताउनुभयो । कोरोना महामारीका बेला अक्सिजन र बेड नपाएर नागरिक छटपटिएको बेला आइसोलेसन अस्पताल निर्माण गर्नु प्रसशनीय कार्य भएको उहाँले बताउनुभयो ।

अस्पतालमा उपचार सेवा लिन आएका एक सय १८ जना कोरोना संक्रमित बिरामी मध्य ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ६१ जना निको भएर घर फर्किएको तुलसीपुर उपमहानगरपालिका कोभिड –१९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । त्यसैगरी ३४ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ भने अहिले अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । बैशाख २८ गते राति ११ बजेदेखि संचालनमा आएको कोरोना अस्पताल तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको नेतृत्वमा एकहप्ता भित्र तयार भएको थियो ।

अस्पतालको व्यवस्थापन तथा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले पनि सक्दो सहयोग गर्ने गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो । भिमेसन शहरी स्वास्थ्य पवद्र्धन केन्द्र अन्तर्गत तुलसीपुर मेट्रो अस्पताल तुलसीपुर उपमहानगरपालिकाले संचालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*