Home / समाचार / घोराही र नारायणपुरको फोहोर व्यवस्थापनकालागी छलफल सुरु

घोराही र नारायणपुरको फोहोर व्यवस्थापनकालागी छलफल सुरु

घोराही, ८ साउन
घोराही र नारायणपुर बजार क्षेत्रको फोहोर व्यवस्थापनकालागी छलफल सुरु भएको छ । घोराही उपमहानगरपालिकाले फोहोर व्यवस्थापनकालागी छलफल सुरु गरेको हो । घोराही र नारायणपुर बजारको फोहर व्यवस्थापनकालागी उपमहानगर प्रशासनले पहल सुरु गरेको हो । ल्याण्डफिल साइडमा जथाभावी फोहर फाल्दा, गल्ने र नगलने फोहरका कारण समस्या भएपछि त्यसको समाधानका लागि उपमहानगरले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कर्मचारी तथा स्थानीय टोल विकास सस्थाका प्रतिनीधिहरुको सहभागीतामा छलफल सुरु गरेको हो । उपमहानगर प्रशासनले वडा नम्बर १४ र १५ का टोल विकास सस्थाका पदाधिकारीसंग सरसफाईका विषयमा छलफल गरेको कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*