दाङ,२८ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति दाङको अध्यक्षमा राजेन्द्र दाहाल चयन भएका छन । प्रतिष्ठानको सोमवार घोराहीमा भएको १७ औँ बार्षिक साधारणसभा तथा सातौँ जिल्ला अधिवेशनबाट दाहाल सर्वसहमत अध्यक्षमा चयन भएका हुन ।
अधिवेशनले प्रतिष्ठानको प्रथम उपाध्यक्षमा पोषण श्रेष्ठ,द्धितिय उपाध्यक्षमा काशिराम केसी र महिला उपाध्यक्षमा बिमला खड्कालाई चयन गरेको छ । प्रतिष्ठानको सचिव लक्ष्मण खनाल, सहसचिव रामसिंह विश्वकर्मा, कोषाध्यक्ष प्रकाश अधिकारी र सहकोषाध्यक्ष चाहना झाँक्री मगर चयन भएकी छिन ।
अधिवेशनवाट प्रतिष्ठानको सदस्य सास्कृतिक संयोजक केशव रावत, प्रवक्ता प्रेम विवश घर्ति, प्रचाप्रसार संयोजक घनश्याम केसी, सदस्य मनोज रसाईली, माधवी लम्साल, दुर्गा नेपाली, शिवराज बस्नेत, प्रतिमा भट्राई, प्रकाश पुन, रचना चोधरीलगायतका सदस्यमा रहेका छन ।