Home / Feature Breaking news / घोराहीका शिक्षकलाई पाँच दिने आइसिटी तालिम दिन शुरु

घोराहीका शिक्षकलाई पाँच दिने आइसिटी तालिम दिन शुरु

हेमराज शर्मा

दाङ, जेठ २६ ।

घोराही उपमहानगरपालिका सामाजिक बिकास महाशाखाको आयोजनामा उपमहानगरपालिकाभित्रका बिषयगत शिक्षकहरुका लागि आईसीटि तालिम दिन शुरु गरिएको छ । मुख्यमन्त्रि शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आधारभूत र माध्यमिक तहमा अग्रेजी र सामजिक बिषय अध्यापन गराउने शिक्षकहरुलाई आज शुक्रवारदिनेखि ५ दिने तालिम दिन शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

तालिम उदघाटन सत्रमा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षकको ज्ञान र सीपलाई समय सापेक्ष बनाउनका लागि तालिम दिन थालिएको बताउनुभयो । शिक्षक भनेको शिक्षा बिकासको साधन भएको भन्दै उहाले शिक्षालाई प्रभावकारी बनाउन शिक्षकलाई सिप र प्रविधिमैत्री बनाउन जरुरी भएको बताउनुभयो । शिक्षकलाई समाजले ज्ञानको खानीका रुपमा बुझेको भन्दै उहाँले त्यसलाई अझ बढी प्रभावकारी बनाएर विद्यार्थीको बिचमा लैजाने जिम्मा पनि शिक्षकको भएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयका शिक्षक दक्ष र अनुशासीत भएपनि विद्यालयको ब्यवस्थापन पक्ष सवल नहुदा सोचे जस्तो उपलब्धी हासिल हुन नसेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख हुमाकुमारी डिसीले शिक्षण सिकाई कार्यलाई रोचक र प्रभावकारी बनाउनका लागि पनि अव प्रविधिमैत्री सिकाई आवश्यक परेको बताउनुभयो । उहाँले सिकाईलाई दिगो र प्रभावकारी बनाउनका लागि अव प्रविधिमैत्री सिकाई प्रक्रिया थालिएको बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले अव शिक्षालाई फिजिकलबाट डिभिटल बनाउने गरी उपमहानगरपालिकाले शिक्षकको क्षमता बिकासमा लागि परेको बताउनुभयो । समयको परिवर्तनसगै विद्यालयकमा सिकाउने प्रक्रियामा पनि परिवर्तन गर्न जरुरी परेको भन्दै उहाँले अव शिक्षकले कक्षागत प्रस्तुतीको परम्परागत ढाँचा फेर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्रि शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक बसन्त चौधरीलाइई शिक्षकलाई नयाँ प्रविधिबारेमा सिप सिकाएर सिकाई प्रक्रियालाई प्रभावकारी बनाउनका लागि कार्यक्रमले सहयोग गरिरहेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका सामाजिक बिकास महाशाखाका प्रमुख बिनोद गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सामाजिक बिकास महाशाखाका बिपना बर्तौलाले गर्नु भएको थियो । तालिममा ८० जना बढि शिक्षकहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*