Home / Feature Breaking news / वडा न. १५ ले चुम्यो वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधी

वडा न. १५ ले चुम्यो वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधी

हिमाल महरा

घोराही ।

दाङ जिल्ला क्रीकेट संघको आयोजना तथा घोराही उपमहानगरपालिको आयोजनामा जेष्ठ १८ गते देखि घोराही-१७ स्थित घोराही रंगशालामा संचालित घोराही वडास्तरिय क्रिकेट प्रतियोगिताको बिहिवार सम्पन्न फाईनल खेलमा वडा नम्बर ६ लाई ५० रनले पराजित गर्दै वडा नम्बर १५ ले उपाधी चुमेको छ ।

उपाधीसंगै उसले नगद ३० हजार पुरस्कार ,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो । त्यस्तै फाईनलमा पराजित वडा नम्बर ६ उपबिजेतामा सिमित रहदै नगद २० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो । २० ओभरको खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रीएको वडा नम्बर १५ले पुरै २० ओभर खेल्दै २ बिकेटको क्षेत्रीमा १६४ रन जोड्न सफल भएको थियो । जसमा विषम थापाले सर्वाधिक ५९ रनको योगदान दिए भने आशिष वलिले ५९ रन जोडे ।बलिङ तर्फ वडा नम्बर ६का सन्तोष केसिले २ विकेट लिए ।

प्रतिउत्तरमा १६५ रनको बिजयी लक्ष्य पछ्याएको वडा नम्बर ६ ले पुरै २० ओभर खेल्दै ९ बिकेट गुमाउँदै ११५ रन मात्र जोड्न सक्यो । जसमा केशव अधिकारिले ३९ रन बनाए । बलिङ तर्फ वडा नम्बर १५का शिशिर डिसिले ३ विकेट लिए । आशिष् वलि म्याच अफ द फाईनल बने।

पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको दाङ क्रीकेट संघका अध्यक्ष प्रदिप मज्गौयाले वडा स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा घोराही उपमहानगरपालिका अन्तरगतका ९ वटा वडाका टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह दाङ क्रीकेट संघका अध्यक्ष प्रदिप मज्गौयाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाको हुमा डिसिको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगिताको म्यान अफ द सिरिज वडा नम्बर १५का शिशिर डागि, वेस्ट ब्याट्स म्यान वडा नं. ६ का आकाश चौधरी , वेस्ट बलर वडा नम्बरका १५ आशिश वलि, र राईजिङ प्लेयर वडा नम्बरका १७ नरेश पाण्डे घोषित भएको दाङ क्रीकेट संघका सचिब सन्जु क्षेत्रीले जानकारी दिनु भयो ।

कार्यक्रमको सहजीकरण दाङ क्रीकेट संघका पुर्ब अध्यक्ष तथा लुम्बिनी प्रदेश क्रीकेट समितिका सदस्य किशोरचन्द गौतमले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*