Home / Feature Breaking news / ईण्डीयन आर्मी बन्नकालागि सहयोगी पुस्तक ‘मिलेट्री सक्सेज’ विमोचन

ईण्डीयन आर्मी बन्नकालागि सहयोगी पुस्तक ‘मिलेट्री सक्सेज’ विमोचन

दाङ, १० असोज

ईण्डीयन आर्मी बन्न ईच्छुकहरुकालागि सहयोगी पुस्तक दाङमा विमोचन गरिएको छ । कृष्णदेव थापाले तयार पारेको ईण्डीयन आर्मी बन्नकालागि सहयोगी पुस्तक ‘मिलेक्ट्री सक्सेज’ नामक पुस्तकको आज मंगलवार एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो ।

पुस्तकको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले विमोचन गर्नुभएको हो । लोटर्स ट्रेनिङ सेन्टर घोराहीले प्रकाशन गरेको पुस्तकमा ईण्डीयन आर्मी बन्नकालागि आवश्यक सम्पूर्ण विषय समेटिएको छ ।

2

जिआरडी नयाँ पाठ्यक्रममा आधारित पुस्तकमा सामान्य गणित, सामान्य विज्ञान, सामान्य ज्ञान, तार्किक तर्क र नमुना प्रश्नपत्र समेटिएको छ । एक दशकदेखी शिक्षण पेशामा रहनुभएका थापाले ५ वर्षदेखी घोराहीमा रहेको लोटर्स ट्रेनिङ सेन्टरमा अध्यापन गराउदै आउनुभएको छ ।

पुस्तकको विमोचन गर्दै प्रमुख अथिति नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले यस क्षेत्रमा पहिलोपटक प्रकाशन भएको यस पुस्तकले युवाहरुलाई ईण्डीयन आर्मी बन्नकालागि सहजिकरण गर्ने बताउनुभयो ।

साथै यस पुस्तकको माध्यमबाट धेरै युवाहरु लाहुरे बन्न सफल हुने पनि विश्वास व्यक्त गर्नुभयो । प्रीयासनले लामो समयसम्म लोटर्स ट्रेनिङ सेन्टरमा अध्यापन गराईरहनुभएका थापाले लामो अनुभवका आधारमा पुस्ताक प्रकाशन गरेकाले उत्कृष्ट भएको बनाउनुभयो ।

लोटर्स ट्रेनिङ सेन्टर सेन्टरका सञ्चालक बलबहादुर पुनको अध्यक्षता नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक कृष्णदेव थापाले पुस्तकबारे जानकारी गराउनुभएको थियो ।

शिक्षक लेखराज थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सन्तोष थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*