Home / Feature Breaking news / कटाहा–बेलटाकुरा सडक कष्टकर बन्दै, दैनिक दुर्घटना

कटाहा–बेलटाकुरा सडक कष्टकर बन्दै, दैनिक दुर्घटना

सुवास डिसी

दाङ, २ भदौ

तुलसीपुर कटाहा हुँदै वेल्टाकुरा दामोदर सढक जोड्ने सडक खण्डमा यात्रा गर्ने यात्रुहरुको यात्रा कष्टकर बन्दै गएको छ ।

सडक विस्तार गर्ने क्रममा विवाद उत्पन्न भई केही ठाँउ सडक विस्तार तथा निर्माण गर्न नदिईदा पैदलयात्री, मोटरसाईकल तथा सार्वजनिक सवारी साधन सञ्चालनमा समेत समस्या भएको छ ।

वर्षामा पानी परेसंगै उक्त सडकमा सवारी साधनहरु अनियमित हुदै आएका छन् । गत वर्ष देखि कालेपत्रेका लागी निर्माण कार्य शुरु भएकोमा कटाहां स्थीत रई वहादुर वस्नेत र टिका कुमारी डांगीले आफ्नो जग्गा कुनै पनि हालतमा काट्न नदिने अडान राखेपछि शुरु भएको विवाद अहिले उच्च अदालत तुलसीपुरमा पुगेको छ ।

अन्तिम सुनुवाई नहुदा सडक के गर्ने भन्ने अन्यौलले ठेकेदारले विवादीत ठाँउहरुमा काम रोकेका हुन् । अन्यत्र लोलरले दबाएर सडक राम्रो भएपनि झण्डै ५ सय मिटर सडकमा ठुला ठुला खाल्डा भई पानी भरिदा आवातजावातमाबवाधा पुगेको हो ।

वडा कार्यालयको पहलमा धेरै मेहनत भएपनि विवाद नमिले पछि अन्तत उच्च अदालतमा मुद्धा चलेको हो । राईखलियान, गौरीगांउ, कटाहा देखि वेल्टाकुरा सम्मका हजारौ व्यक्तीहरुले सडक विस्तारमा सहयोग गरेपनि २ जनाको अवरोधका कारण सडक निर्माण कार्य अलपत्र अवश्थामा पुग्न दुखद भएको यात्रुहरुको गुनासो छ ।

सबको जग्गा कट्दा कोही नवोल्ने तर २ जनाका कारणले सडक अवरुद्ध भएको भन्दै त्यस क्षेत्रका वासिन्दाहरुले आक्रोश व्यक्त गरेका छन् । ति २ जनाले तत्काल सडक निर्माणमा सहज वातावरण निर्माण नगरे सडक नै अवरुद्ध गर्ने स्थानियहरुले चेतावनी समेत दिएका छन् । उक्त क्षेत्रमा दैनिक जसो मोटरसाईकलहरु दुर्घटनामा पर्ने गरेका छन् ।

अत्यावश्यक सडकलाई तत्काल निर्माण अघि वढाई हजारौ यात्रुहरुमा सहजता प्रदान गर्न सम्वन्धीत निकायको समेत स्थानियहरुले ध्यानाकर्षण गराउदै आएका छन् ।
आधा दर्जन वढि गांउलेहरुले प्रयोग गर्ने उक्त सडक अस्त व्यस्त हुदा हैरानी वेहोर्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*