Home / Feature Breaking news / कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या २५ पुग्याे

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या २५ पुग्याे

दाङ, ११ असार ।

कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अनुसार स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषकाे कोभिड-१९ को कारण मृत्यु भएको हाे ।याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका  निर्देशक प्रा. डा. अर्जुन आचर्यका अनुसार हिजाे (बुधबार) राति ११ : ३५ मा उनकाे मृत्यु भएकाे हाे । उनकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेकाे थियाे ।

उनी यहि ८ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*