Home / समाचार / वन र महिला समूहको नेतृत्व गर्दै खानेपानीमा प्रवेशको तयारीमा पाण्डे

वन र महिला समूहको नेतृत्व गर्दै खानेपानीमा प्रवेशको तयारीमा पाण्डे

घोराही, २५ माघ

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मिलिजुली टोलकी यशोदादेवी पाण्डे समाजको अगुवा व्यक्ती हुन् ।

विभिन्न महिला समूह एवं वन समूहको नेतृत्व गरेकी पाण्डे शनिवार हुने घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सदस्य पदमा चुनावी मैदानमा रहेकी छिन् ।

एकता महिला विकास बहुउद्धेश्य सहकारी संस्था लिमिटेडको अध्यक्ष भएर लामो समय काम गरेको अनुभव भएकी पाण्डे सदस्य पदकालागी उमेद्वार रहेकी छिन् ।

पशु कार्यकर्ता रहेकी पाण्डे जिल्ला सहकारी संघको सञ्चालन समितिको सदस्य, सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष १५ वर्षसम्म भएर काम गरेकी पाण्डे महिला संघको क्षेत्रीय सचिव पनि हुन् ।

उनी खानेपानीको बृहत्तर विकासकालागी र खानेपानीको क्षेत्रमा महिला सहभागिताकालागी सदस्यमा उमेद्वारी दिएको बताउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*