दाङ, ११ फागुन
अन्तरास्ट्रिय रोटरी डे को अवसरमा रोटरी क्लब अफ दाङकाे आयाेजनामा विद्यालयस्तरिय हाजिरिजवाफ प्रतियाेगिता घाेराहीमा सम्पन्न भएकाे छ । बिष्णुप्रसाद शर्मा घिमिरे स्मृति घोराही उप महानगरपालिका स्तरिय माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता बुधवार सम्पन्न भएकाे हाे । राेटरी क्लब अफ दाङका अध्यक्ष रजिव उल्लाह खानकाे अध्यक्षता र राष्ट्रिय सभाका मुख्य सचेतक अनिता देवकोटाकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगीतामा गुरूकुल एकेडेमी प्रथम, सिद्धार्थ एकेडेमी दृतिय र मेचिकाली मावि तृतिय भएका थिए । प्रतियाेगितामा ३० विद्यालयकाे सहभागिता रहेकाे थियाे । बिजयीहरु लाई मेडल, प्रमाणपत्र, शिल्ड तथा नगद प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षक महासंघ घाेराही उपमहानगरपालिकाका अध्यक्ष निशान्त अनचार्य, प्याब्सन घाेराही उपमहानगरपालिकाका अध्यक्ष बिरेन्द्र चन्दले मन्तव्य राख्नुभएकाे थियाे ।
