घोराही, १० फाल्गुन ।
सनलाइट कम्प्युटर इन्ष्टिच्यूट घोराही दाङको १५ औं वार्षिक उत्सव तथा दिक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं। १५ मा रहेको इन्ष्टिच्यूटले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव एवं दिक्षान्त समारोहक मनाएको हो । इन्ष्टिच्यूटका प्रबन्ध निर्देशक प्रमिला डाँगको अध्यक्षता, घोराही उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख अतिथ्य र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी र प्याब्सन दाङका बरिष्ट उपाध्यक्ष विरेन्द्र चन्द विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पाण्डेले देशको यस्तो परिस्थितिमा कुनै संस्था निरन्तर १५ बर्षदेखि गुणस्तरिय तालिम प्रदान गर्न सफल हुन्छ भने त्यो एक उत्कृष्ट कार्य भएको बताउनुभयो । साथै उहाँले आउने दिनमा समेत गुणस्तरिय तालिमलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
प्राविधिक शिक्षाले मात्र देशमा रोजगारीको अवसर प्रदान गर्ने भएकोले यस सनलाइट कम्प्युटरले दिने सेवा तथा तालिम प्रभावकारी देखिएको र अझ यसले राम्रो तालिम दिनेमा आफु विश्वस्त भएको पनि उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुवेदीले देशमा प्राविधिक जनशक्तिको कमि भएकोले बेला सूचना प्रविधिको क्षेत्रमा यस संस्थाले ठुलो योगदान गरेको र आउदा दिनमा समेत योगदान पुर्याउने आशा ब्यक्त गर्नुभयो । अर्का विशिष्ट अतिथि चन्दले शिक्षा धेरै प्रकारको हुने र सीप सिक्नु र त्यसलाई प्रयोगमा ल्याउनु एक महत्वपूर्ण शिक्षा भएको बताउनुभयो।
संस्थाकि प्रवन्ध निर्देशक प्रमिला डाँगीले संस्थाले हालसम्म १२ हजार बढी विद्यार्थीहरुलाई तालिम प्रदान गरेको र अझ संस्थाले कमिकमजोरी सुधार्दै आउदा दिनहरुमा गुणस्तरीय तालिम प्रदान गर्नेमा कुनै कमजोरी नगर्ने जानकारी गराउनुभएको थियो ।
सहभागीहरुलाई स्वागत गर्दै सनलाइट कम्प्युटरका वरिष्ट प्रशिक्षक गेहेन्द्र कँवरले वि.स २०६६ सालमा स्थापित यस संस्थाले आंशिक छात्रबृत्ति देखि पूर्ण छात्रबृत्ति प्रदान गर्दै कम्प्युटर सम्बन्धी तालिम प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा यस बर्ष प्रथम स्थान हासिल गर्ने विमला नेपाली, द्वितीय स्थान हासिल गर्ने चन्द्र बहादुर बस्नेत र तृतीय स्थान हासिल गर्न सफल सिद्धार्थ शर्मालाई सम्मान गरिएको थियो भने दिक्षित हुने अन्य विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक एवं साहित्यिक प्रस्तुति भएको थियो ।
कार्यक्रममा यमराज पुन मगरको नेतृत्वमा स्वागत नृत्य प्रस्तुत गरिएको थियो । त्यस अवसरमा छात्राहरु रबिना चौधरी, सृजना चौधरी, सपना पुन मगर, मन्जु पुन मगरहरुले नृत्य प्रस्तुत गरेका थिए भने मिलन पुन मगर, यमराज पुन मगर, पवल महरा, चन्द्र बहादुर के।सी।ले विभिन्न गजल तथा गित प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन नगेन्द्र बहादुर के.सी र नन्दराम राना मगरले गरेका थिए ।