Home / Feature Breaking news / दाङ उवासंघको पहलमा २ हजार ७ सय बढीलाई खोप

दाङ उवासंघको पहलमा २ हजार ७ सय बढीलाई खोप

दाङ, ४ भदौ । दाङ जिल्ला उद्योग बाणिज्य संघले बिभिन्न क्षेत्र संगको समन्वयमा २ हजार ७ सय बढी उद्योगी व्यवसायिहरुलार्य कोभिड विरुद्धको खोप लगाई सकेको जनाएको छ ।

हालसम्म २ हजार ७ सय बढीलाई कोभिड विरुद्धको खोप लगाइ सकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिएका छन् । फण्टलाईनमा रहेका ब्यबसायिहरुलाई प्राथमिक्ता दिएर खोप आबश्यकताको आधारमा खोप लगाइएको उनको भनाइ रहेको छ ।

ब्यबसायीहरुलाई कोरोनाको खोप लगाउने अभियानमा जारी रहेको अध्यक्ष वुढाथोकी बताउछन् । ‘सबैको समन्वयमा सबै ब्यबसायीहरुलाई कोरोनाको बिरुद्धको खोप लगाइने छ’ उनले भने । प्राथमिकताको आधारमा केहि दिन ढिलो चाडो होला तर सबैलाइ खोप लगाइने संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिएका छन् । यसका लागि पहल भइरहेको छ ।

सघंका सदस्ता भएका ब्यबसायीहरुलाई प्राथमिकतामा राखेर सिफारिस गर्ने गरेको छ । खोप लगाउन बाँकी रहेका व्यवसायिहरुलाई संघमा सम्पर्क राख्न समेत संघले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*