Home / Feature Breaking news / स्वर्गद्धारी महाप्रभुको जन्मदिन (यस्तो छ जीवनी)

स्वर्गद्धारी महाप्रभुको जन्मदिन (यस्तो छ जीवनी)

दाङ, १९ साउन
आज श्रावण शुक्ल एकादशी अर्थात पुत्रदा एकादशी, स्वर्गद्धारी महाप्रभुको जन्मजयन्ती, अर्थात विक्रम सम्वत् १९१६ श्रावण शुक्ल एकादशी आइतबारका दिन स्वर्गद्धारी महाप्रभुको जन्म भयको थियो । बाल्यकालदेखी नै अरु बालक भन्दा फरक स्वभाव रहनुभयका महाप्रभुको नाम गाँउलेहरु मिलेर नै ‘प्रभुदेव’ नाम राखिदिएको जनश्रुतिमा उल्लेख गरिएको छ ।

2आजका दिन रोल्पाको रुमटी गाँउमा बाबु अनिरुद्र गौतम र आमा श्वेतकुमारीको कोखवाट उहाँको जन्म भएको थियो । द्धापरयुगमा कंशको घरमा चन्दन पु¥याउने कुब्जाले कृष्णका आसिर्वादले कृष्ण जस्तै पुत्र देख्न पाउ भन्ने ईच्छा भयकाले भगवान्का कृपाले नै उनै कुब्जा कलियूगमा स्वेतकुमारी र प्रभु नारायण गौत्म कृष्णको रुपमा जन्म भयको हो । उहाँको जन्म हुनुमा लोककल्याण,राष्ट्रकल्याण र धर्मरक्र्षाथ भएको हो । आश्रम वाट प्रकाशित बिभूति नामक स्मारिकामा उल्लेख भएअनुसार, छैठीका दिन आमाले मासु खाएका कारण उहाँले आमाको दुध नखाई गाईको दुध खाएर हुर्कनुभयको थियो ।
औपचारिक शिक्षा केही नलियका प्रभु ले तिनवर्ष उमेरमा सबै कुराको जानकारी लिईसक्नुभएको थियो । यही कारण स्थानीयबासीले उहाँलाई प्रभु र पछि सन्यास लिईसकेपछि प्रभुमहाराज भन्ने गरेका थिए । उहाँसँग रुम्टीमा नै पुजारी बोधानन्द महाराज भेट भई २५ वर्षको उमेरमा स्वर्गद्धारीमा गई बाझको रुखमा बसी अखण्ड यज्ञ शुरु गर्नुभएको थियो । महाप्रभु हंसानन्द गिरिले आफनो तपोवलद्धारा दाङ र देउखुरीमा गरी करिब १२ सय विगाहा जग्गा खरिद गरि यज्ञलाई चिरकालसम्म संञ्चालन राख्ने बाटो खोलिदिनुभएको छ । हाल स्वर्गद्धारीमा अखण्ड यज्ञध्वनी र प्रभुमहाराज, पुजारी महाराज र रखाल महाराजलाई समाधि गरिएको स्थानमा अखण्ड रुद्राअभिषेक गरी पूजा गरिन्छ । महाप्रभुको जन्म भएको स्थान रुम्टीमा हिजो मोटरबाटो पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*