Home / Feature Breaking news / गाउँ–शहरमा कांग्रेसमा प्रबेश गर्नेहरुको लहर

गाउँ–शहरमा कांग्रेसमा प्रबेश गर्नेहरुको लहर

शरद रेग्मी
तुलसीपुर,२ मसिर । कांग्रेसमा तर्फबाट दाङ क्षेत्रन ३ (ख) मा काङ्ग्रेसले पार्टी भित्रका एकजना पुराना र लोकप्रिय नेता केशब आचार्यलाई टिकट दिएपछि अहिले गाउँ शहरमा नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेहरुको लहर लागेको छ ।

यतिमात्र हैन प्रायजसो यश अघिका निर्वाचनमा देखिदै आएको पार्टीभित्र गुठ उपगुठ समेत अन्त्य भएको नेताहरुले सार्वजनिक समारोहमा प्रतिबद्दता जनाउन लागेपछि कार्यकर्ताहरुमा थप हौसला बढेन थालेको छ ।

उनीहरु बर्तमान परिस्थिति नेकपा सघको प्रतिष्ठाको लडाइँ भएको भन्दै जसरिपनि प्रदेशको निर्वाचन जितेर देशभर नयाँ र एकताको सन्देश प्रबाह गर्न लागिएको देखिएको छ ।

दाङ काङ्ग्रेसमा अब कुनै पनि गुठ उपगुठ छैन हामी सबैलाई एक साथ लिएर निर्वाचनमा होमिएका छौ पार्टि सभापति किर्तिबहादुर खड्काले भन्नुभयो ।
सभापति खड्काले भन्नुभयो “ अहिलेसम्मको सबै शक्ति परिचालन भएको छ हामिले उम्मेदवार पनि गाउँ घर ,चुलो चौको र हरेक जनताको सुख दुखमा सेवा गरेका पुराना ,त्यागी र पार्टी भित्र र समाज रुपान्तरणमा निरन्तर सङ्घर्ष गर्दै आउनुभएका केशब आचार्यलाई उम्मेदवार बनाएका छौ यसपटक हाम्रो जित सुनिश्चित भैसकेको छ’ ।

यता पार्टी भित्रका केही पुराना नेताहरुले यसपालिको निर्वाचनले काङ्ग्रेसमा एकताको सन्देश दिन महत्त्वपूर्ण भुमिका खेलेको बताएका छन ।
उनिहरुले अगाडि भनेका छन यसपटकको निर्वाचनको नतिजा केशब जिको पोल्टोमा परिसकेको छ झन खुसिको कुरात केशब जिले लामोसमयदेखि टुटे फुटेको काङ्ग्रेसलाई एक गराउन सफल हुनुभयो ।
विभिन्न चुनावी सभामा बोल्ने बक्ताहरुले अहिले जनतामा झुटको खेति र अनावश्यक सपना बाडदै हिडेको नेकपा लाई यसपटकको पार्टी भित्रको एकता र उम्मेदवारको लोकप्रियताले झनै चुनौति थपिएको बताएका छन । उनिहरुले अब नेकपाका हावादारि कुरामा पार्टी भित्रकै कार्यकर्ताले पनि बिश्वास नगर्ने बाताबरणको श्रृजना भैसकेको बताएका छन ।

उनीहरुले नेकपा पार्टी भित्र कुनै भबिस्य नभएको भन्दै काङ्ग्रेसमा प्रबेश गरेको समेत प्रतिकृया दिएका छन ।पार्टी भित्रको पक्षमा गाउँ गाउमा कुनै पनि उत्साह नदेखे पछि आफु काङ्ग्रेसमा प्रबेश गरेको रेश्मा डागीले जानकारी दिनुभएको छ ।

चुनावी सभाहरुमा सोमबार सम्म पश्चिम दाङमा मात्रै चारहजार एक सय तसि जना काङ्ग्रेस पार्टीमा प्रबेश गरेको जिल्ला सचिब शकर डागीले जानकारी दिनुभएको छ ।

सोमबार तुलसीपुर उपमहानगरपालिकाका अन्तर्गत वडा नम्बर १ र २ का विभिन्न वडाका दर्जन बढी ठाँउमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्ने काङ्रेस नेताहरुले विभिन्न एतिहासिक आन्दोलनको नेतृत्वकर्ता केशवराज आचार्यको जित नै दङ्गालीहरुको जित रहेको बताएका हुन् ।

चुनाबी सभालाइ सम्बोधन गर्दै काङ्रेस केन्द्रिय सदस्य दिपक गिरीले लोकतान्त्रिक आन्दोलनका खम्बा सालिन ब्याक्तित्व केशव आचार्यको जित नै दङ्गालीहरुको जित हुने बताएका थिए । पुर्ब मन्त्री गिरिले पश्चिम् दाङको बिकास काङ्ग्रेस नेतृत्वको सरकारले गरेको दाबी गर्दै फेरिपनि काङ्ग्रेसले बिकास गर्ने दिन आउनलागेको बताउनुभयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै काङ्ग्रेस उम्मेदवार केशबराज आचार्यले आफू र नेपाली काङ्ग्रेसलाई बिश्वास गर्न अपिल गर्दै उक्त बिश्वास कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाले कम्युनिस्ट सरकार लर्बराउन लागेको भन्दै सरकारको खबरदारीका लागि पनि यसपटक नेपाली काङ्ग्रेसले जित्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी पुर्व सासद गेहेन्द्र गिरिले काङ्रेसलाइ मतदान गर्न अपिल गर्नुभयो ।
कार्यक्रममा सल्यान जिल्लाका पुर्व सभापति डिल्ली रेग्मी ,सारदा नगरपालिकाका मेयर सुरेश अधिकारी ,क्षेत्रीय सभापति जगत बहादुर खड्का, नेताहरु खिमप्रसाद खराल, युवा नेता सुरेश हमाल, वडा नम्बर २ का वडा अध्यक्ष राजु आचार्य, वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल,क्षेत्रीय उपसभापति प्रमोद बस्नेत ,घनश्याम शेर्पाईली, देबिका नेपाली , डिभि भट्टराई ,यमि न्यैपाने,नेपाल बिधाथी, सघका कार्यबाहक अध्यक्ष टोपेन्द्र बुढाथोकी ,कल्पना केसी, नुमा न्यौपाने,ईश्वरी गिरि,खिम बिकलगायतकाले बोल्नुभएको थियोे ।

ईकाई सभापति भिमबहादुर वलिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण क्षेत्रीय सचिब चुडामणि ढकालले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*