Home / Feature Breaking news / नेपाल प्रहरीमा पाँच डिआइजी एआइजी बढुवामा सिफारिस

नेपाल प्रहरीमा पाँच डिआइजी एआइजी बढुवामा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि पाँचजनाको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*