Home / Feature Breaking news / दाङमा कोरोनाः २ सय २५ को मृत्यु
सांकेतिक तस्वीर

दाङमा कोरोनाः २ सय २५ को मृत्यु

दाङ, २१ जेठ

कोरोना संक्रमणबाट दाङमा २ सय २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार हालसम्म कोरोना भाईरस संक्रमणबाट २ सय २५ जनाको मृत्यु भएको छ ।

विहीवार बेलुकीसाढे ५ बजेसम्मको तथ्यांक अनुसार जिल्लामा हालसम्म सो संख्यामा मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा र दोस्रोमा घोराही उपमहानगरपालिकामा रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ९२ जना, घोराही उपमहानगरपालिकाको ८० जना, लमही नगरपालिकाको १४ जना, राप्ती गाँउपालिकाको ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै गढवा गाँउपालिकाको ९ जना, दंगिशरण गाँउपालिकाको ९ जना, बबई गाँउपालिकाको ७ जना र शान्तिनगर गाँउपालिकाको ३ जनाको संक्रमणबाथ मृत्यु भएको सवस्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लाको राजपुर गाँउपालिका र बंगलाचुली गाँउपालिकामा भने संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*