घोराही, २४ मंसीर
नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचन सफल बनाउनकालागि भूमीका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ । मंसीर २१ गते सम्पन्न निर्वाचन सफल रुपमा सम्पन्न गर्नकालागि सहयोग गर्ने सम्पूर्णमा कांग्रेस क्षेत्र नम्बर २ प्रचार समितिले धन्यवान एवं कृतज्ञता ज्ञापन गरेको छ ।
क्षेत्रीय प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगी र सह–संयोजक गिरिराज सुवेदीले विज्ञप्ती निकालेर निर्वाचनलाई भव्य एवं सभ्य बनाएर शान्तपूर्णर्ण एवं मर्यादित बनाउनकालागि सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
निर्वाचन सफल बनाउनकालागि भूमीका खेल्ने निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय, मख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, राजनितिक दल, पत्रकार, मानवअधिकारकर्मी, उद्योगी, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजिवी एवं सम्पूर्णमा विज्ञप्ती मार्फत धन्यवाद ज्ञापन गर्नुभएको छ ।
निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्नुहुने मतदाता एवं मतदानमा उत्साहजनक रुपमा सहभागी यस क्षेत्रका सम्पूर्ण मतदाताहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
साथै यो निर्वाचनबाट प्राप्त मत सम्मनजनक भएकाले विचलित नहुन सम्पूर्ण नेता कार्यकर्ता हरुमा अनुरोध गर्दै जनता अर्थात मतदाताहरुसँग सधै सुखदुखमा कांग्रेसले साथ दिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
RaptiSandesh RaptiSandesh