Home / Feature Breaking news / दाङमा ८९ प्रतिशत विकास वजेट खर्च

दाङमा ८९ प्रतिशत विकास वजेट खर्च

आभास बुढाथोकी
घोराही, १२ साउन
आर्थिक वर्ष २०७३÷७४ मा दाङमा ८९ दशमलव ८० प्रतिशत विकास वजेट खर्च भएको छ । बाँकी १० दशमलव २० प्रतिशत रकम खर्च हुन सकेन । दाङको विकास लागि आर्थिक वर्ष ०७३÷७४ मा १४ अर्व ५१ करोड २ लाख ३२ हजार ९ सय ५१ रुपैया रकम विनियोजन भई अख्तीयारी समेत पाईसकेको थियो ।

तर उक्त रकम मध्ये मध्ये कुल १३ अर्व, २ करोड ५५ लाख ३८ हजार, ५ सय ७८ रुपैयामा खर्च जनाएका छन । भने बाँकी १० प्रतिशत अर्थात १ अर्व ४८ करोड ७२ लाख ९४ हजार ३ सय ७२ रुपैया फ्रिज भएको जानकारी दिए । उनले भने– ‘समयमा विकास लागि अख्तियारी भएका रकमहरु खर्च हुन नसक्दा वर्षेनी १ देखी २ अर्व रुपैया फ्रिज भई जाने गरेको छ ।’ प्रगतीका हिसाबले हेर्ने हो भने अन्य क्षेत्रमा तुलनामा ८९.८० प्रतिशत विकास वजेट खर्च हुन निकै राम्रो हो । तर जुन हिसावमा योजनाहरु छनौट गरी आवयश्क वजेट विनियोजन गरिएको थियो ।

त्यो हिसावले खर्च गर्न नसक्दा वर्षेनी अर्वाै रुपैया खर्च भई जाने गरेको छ । प्रमुख कोष नियन्त्रक बास्कोटाले भने – ‘दाङ जस्तो विकास उन्मुख क्षेत्रमा वर्षेनी अर्वाै रुपैया फ्रिज भईजानु लाई राम्रो भन्न सकिदैन । जति वजेट आएको हो । त्यत्ति नै खर्च गर्न सके अझै विकास फष्टाउदै जान सक्ने थियो ।’ जसमा आर्थिक वर्ष ०७३÷७४ मा चालुगत तर्फ ६ अर्व ४१ करोड ४३ लाख , १८ हजार ९ सय ९९ रुपैया मध्ये ५ अर्व, ८१ करोड ३ लाख २७ हजार रुपैया अर्थात ९०.६० प्रतिशत रकम खर्च भएको छ । भने पुँजीगत तर्फ ८ अर्व ९ करोड ९४ लाख १४ हजार रुपैया मध्ये ७ अर्व २१ करोड ५२ लाख ११ हजार अर्थात ८९ प्रतिशत रमक खर्च भएको हो ।

बास्कोटाका अनुसार जिल्लामा यस वर्ष पनि पुँजीगत भन्दा चालुगत रकम वढि खर्च भएको जानकारी दिए । जसमा १. ० प्रतिशत रकम वढि खर्च भएको जनाएको छ ।

सबैभन्दा बढि सडक डिभिजनको रकम फ्रिज
चालु आर्थिक वर्ष ०७३÷७४मा जिल्लामा सवैभन्दा वढि रकम सडक डिभिजन कार्यालयको रकम फ्रिज भएको छ । सडक डिभिजन कार्यालय दाङका कुल विनियोजित वजेट १ अर्व ६ करोड ७४ हजार ७ हजार मध्ये १ अर्व ४४ करोड ६ लाख , ११ हजार मात्रै खर्च गरेकोे छ । भने वाँकी ४१ करोड रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

त्यस्तै जिल्ला समन्वय समिति दाङको चालुगत तथा पुँजीगत तर्फको दुवै शिर्षकमा कसल विनियोजित वजेट १ अरव ल ३७ करोड , ७३ लाख , ११ हजार ५ सय मध्ये २२ करोड रुपैया फ्रिज भएको छ । निर्माण कार्यमा ढिलासुस्तीले विनियोजित रकम समयमा निकासा गर्न नसक्दा जिल्लाका दुई विकासे अड्डाको मोटो रकम फ्रिज भई गएको प्रमुख कोष नियन्त्रक शुकदेव प्रसाद बास्कोटाले वताए ।

उनले भने –‘ निर्माण कम्पनी र उपभोक्ता ढिलासुस्तीले दाङको विकासका लागि छुट्याएको रकम फ्रिज भई गएको उनले वताए । ’ यस वर्ष दाङमा सिचाई तथा खानेपानी क्षेत्रमा कम रकम फ्रिज भई गएको उनले वताए । सिचाई विकास डिभिजन तुलसीपुरको कुल विनियोजित वजेट ५१ करोड ४२ लाख , ४५ हजार मध्ये ४४ करोड ८६ लाख , ९४ हजार खर्च भएको छ । भने वाँकी ६ लाख रुपैया मात्रै फ्रिज भएको बास्कोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*