Home / समाचार / कांग्रेस क्षेत्र नम्बर ३ द्धारा मतदाता नामावलीमा नाम समावेस गराउन आग्रह

कांग्रेस क्षेत्र नम्बर ३ द्धारा मतदाता नामावलीमा नाम समावेस गराउन आग्रह

दाङ, १६ साउन
नेपाली कांग्रेस दाङ क्षेत्र नम्वर ३ ले फोटो सहितको मतदाता नामावलीमा नाम समावेस गराउन सम्पूर्णमा अनुरोध गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्वर ३ का सभापति भुपवहादुर डाँगी र सचिव वद्रीकुमार खड्काले आज सोमवार एक विज्ञप्ती जारी यस्तो आग्रह गरेका हुन् । स्थानीय तहबाट नै मतदाता नामावली संकलन सुरु भएकाले मतदात गर्न योग्यहरुले मतदान गर्ने अधिकारलाई सुनिश्चीत गर्न नामावलीमा नाम समावेश गर्न सम्पूर्ण दंगालीहरुमा अनुरोध गरेको हो । विज्ञप्तीमा नाम छुटेका, नया दर्ता गराउने, सच्चाउने, स्थान परिवर्तन गर्ने स्थानिय तहबाट भईरहेकाले नाम लेखाउन आग्रह गरीएको हो । फोटो सहितको नामावलीमा नाम समावेस नहुदा मतदान गर्ने अधिकार बाट वञ्चीत हुने भएकाले नाम सङकलनमा सहभागि हुन अनुरोध गरेको छ । यही साउन १५ गते वाट सवै स्थानीय तहबाट फोटो सहितको नामावली संकलन गरीदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*