Home / Feature Breaking news / सरकारले भ्रष्टाचारलाई संरक्षण ग¥योः नेता गिरी

सरकारले भ्रष्टाचारलाई संरक्षण ग¥योः नेता गिरी

दाङ,७ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले बर्तमान सरकारले भ्रष्टाचारलाई संरक्षण गर्ने काम गरेको आरोप लगाएका छन । आफुलाई सर्वहार सुकुमवासीको नेता बताउने व्यक्तिहरुबाटै राज्यको सम्पति हड्प्ने काम भएपनि सरकार ती व्यक्तिहरुलाई संरक्षण गर्न लागेको बताएका हुन ।

नेपाली काग्रेस दाङले दोश्रो जागरण अभियानको समापनका अवसरमा घोराहीमा आयोजना गरेको विरोधसभालाई सम्वोधन गर्दै नेता गिरीले बर्तमान सरकारले बोलीमा समृद्धिका कुरा गर्ने गरेपनि व्यवहारमा भष्टाचार र अनियमितालाई संरक्षण गर्ने काम गरेको बताएका हुन । त्यसलाई वाईडबढी र ललिता निवास प्रकरणले पृष्टि गरेको समेत बताए । ‘वाईडबडी र ललिता निवास प्रकरणमा दोषीलाई कारवार्ही गर्न काग्रेसले काग गरेको छ’,नेता गिरीले भने,‘ तर सरकार छानविन गरेर दोषीलाई कारवार्ही गर्न भन्दापनि दोषीलाई चोख्याउने खेलमा लागेको छ ।’

उनले गलत बाटोमा लागेको सरकारलाई खबरदारी गर्न अहिले काग्रेस सडकमा आएको समेत बताए । वाईडबडी र ललिता निवास घट्नासँगै बिना टेण्डर गौरवका आयोजनाका रुपमा रहेका ठुला आयोजनाहरु चिनिया कम्पनीलाई जिम्मा लगाउने कार्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पुष्टि गरेको बताए ।

नेता गिरीले निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धताहरु अहिलेसम्म कम्युनिष्ट नेताहरुले पुरा गर्न नसकेको बताए । निर्वाचनका क्रममा आफुहरुले जिते प्रदेश नं. ५ को स्थायी राजधानी दाङ ल्याउने प्रतिवद्धता गरेपनि निर्वाचन सकिएको लामो समय भैसक्दा समेत तोक्न नसकेको आरोप लगाएका थिए । त्यस्तै नेता गिरीले कम्युनिट पाटीका नेताका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चल्न नसकेको बताए । नेपाली काग्रेसको सरकारको पालामा सञ्चालनमा आएको प्रतिष्ठानलाई असफल बनाउने खेलमा कम्युनिष्ट सरकार लागेको उनको आरोप थियो ।

congress

बिरोध सभाका अवसरमा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुले सरकार विरुद्ध नारावाजी गर्दै घोराही बजार परिक्रमा गरेका थिए । नेपाली काग्रेसको पाटी कार्यालयबाट सुरुभएको ¥यालीमा केन्द्रीय सदस्य,सांसद, केन्द्रीय प्रतिनिधिसँगै कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, नेपाली काग्रेसका नेता तथा पूर्व सांसद राजु खनाल, काग्रेसका नेता तथा केन्द्रीय प्रतिनिधि मोहन बराल, पूर्व सांसद योगेन्द्र चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरेले सरकार संविधानको मर्मविपरित बर्तमान सरकार चलेको आरोप लगाएका थिए । उनीहरुले संविधानको मर्म विपरित सरकार चल्दा हत्याहिंसालगायतका दोषीलाई कारवाहीको साटो बचाउन लागि परेको बताए ।उनले यो सरकारले दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चलाउन नसकेको समेत आरोप लगाएका थिए ।

birod

त्यस्तै प्रदेशसभा सदस्य सुरेन्द्र हमाल, केन्द्रीय प्रतिनिधि धुर्वराज पुरी, प्रदेशसभा सदस्य भुबनेश्वर चौधरी, केन्द्रीय प्रतिनिधि उमा दाहाल, केन्द्रीय प्रतिनिधि सुशीला शाहीलगायतले बर्तमान सरकारले जनतालाई सुशासन र समृद्धिको कुरा गरेर देशलाई कव्जा गर्न खोजेको बताईन । त्यही अनुरुप न्यायालयलगायतका क्षेत्रहरु कव्जा गर्ने प्रयास गरेको समेत बताएका थिए । त्यस्तै उनले कैलालीकी निर्मला पन्तका दोषीलाई कारवार्ही नगरेर बर्तमान सरकारले आफनो नालायकीपन उदांगो पारेको समेत उनले बताएकी थिइन । कार्यक्रममा बोल्दै नेपाल विद्याथी संघ दाङका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले जागरण अभियानले काग्रेसलाई एकढिका बनाउने काम गरेको भन्दै आगामी निर्वाचनमा काग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*