Home / समाचार / सरस्वती माविमा छात्रबृत्ति बितरण

सरस्वती माविमा छात्रबृत्ति बितरण

दाङ,८ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ स्थित सरस्वती माध्यमिक विद्यालय कोठेकोहल भरतपुरले आज बुधवार एक कार्यक्रम गरी शैक्षिक बर्ष–२०७६ को छात्रबृत्ति वितरण गरेको छ ।

विद्यालयले कक्षा १ देखि ८ सम्मका छात्राहरुको प्रति विद्यार्थी चार सय रुपैया छात्रा छात्रबृत्ति, कक्षा १ देखि ८ सम्मका दलित छात्रछात्राहरुका लागि प्रति विद्यार्थी चार सय रुपैयाका दरले र कक्षा ९ र १० मा अध्ययनरत दलित विद्यार्थीहरुका लागि प्रति विद्यार्थी पाँच सय रुपैयाका दरले दलित छात्रबृत्ति बितरण गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो ।

यसैबिच घोराही उपमहानगरपालिकाले शुरु गर्न थालेको खाजा कार्यक्रमका बारेमा विद्यालयले अभिभावकहरुसँग अन्तरक्रिया गरेको छ । विद्यालयमा एक कार्यक्रम गरी अभिभावकहरुलाई आफ्ना वालबालिकाहरुलाई घरमै बनाइएको ताजा र सफा स्वस्थकर खाजा पठाउन अभिभावकहरुलाई अनुरोध गरिएको छ । अभिभावहरुले मापदण्ड अनुसारको खाजा पठाए खाजा ल्याउदाका दिन प्रति दिन १५ रुपैयाका दरले खाजा खर्च प्रदान गरिने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अभिभावकहरुले आफूहरुले घोराही उपमहानगरपालिकाले बनाएको र विद्यालयले दिने निर्देशन अनुसारको खाजा बनाई आफ्ना छोराछोरीलाई पठाउने प्रतिवद्धता ब्यक्त गरेका छन ।

विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका शिक्षकहरु अर्जुनकुमार योगी, कुलशेखर शर्मा, नीमा डिसी, कल्पना खड्का, सावित्री श्रेष्ठ, बालिका खड्का लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक हेमराज शर्मा गर्नु भएको थियो । कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई खाजा वापत प्रतिदिन प्रति विद्यार्थी १५ रुपैयाका दरले खाजा खर्ज उपलब्ध गराउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*