Home / Feature Breaking news / लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ

दाङ ८ असोज । दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले घोराही उप–महानगरपालिका वडा नं. १५ प्रकृती टोल स्थित सुरेश घर्तीमगरको घरमा अबैध लागुऔषध ब्राउन सुगरको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा ४ ग्राम ९० मिलीग्राम ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको जनाएको छ ।

paisa

पक्राउ पर्नेमा घरधनि २१ बर्षीय सुरेश घर्तिमगर, घोराही–१५ तल्लो रतनपुर ताराकुन्ज टोल निवासी १६ बर्षीय संगीत बस्नेत, घोराही–१६ लेटार निवासी २७ बर्षीय नरेन्द्र रसाईली, घोराही–१५ दिपशिखा मनाकामना टोल निवासी २३ बर्षीय बलदेव वली, घोराही–१२ हापुर निवासी १७ बर्षीय सरोज पुरी, घोराही–१२ रतनपुर मनकामना टोल निवासी १९ बर्षीय गौरव न्यौपाने र तुलसीपुर उपमहानगरपालिका–१० वनगाउँ घर भइ हाल जिल्ला प्रहरी कार्यालय रोड घोराहीमा डेरा गरि बस्ने २४ बर्षीय शंकर चौधरी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले बताए ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषधसहित नगद ६१ हजार आठ सय पन्ध्र रुपैया, बा ६० प ४९७० नम्वरको मोटरसाईकल, १३ थान मोवाईल र ब्राउन सुगर तौलन प्रयोग गरिने मेसिन समेत निणन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक शाहले बताए । शाहका अनुसार पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा २२ (ग) वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*