Home / Feature Breaking news / एक बर्षमा तीन सय बढी मानिस हराए, ३ सय २९ मा १ सय ६ जना मात्र भेटिए

एक बर्षमा तीन सय बढी मानिस हराए, ३ सय २९ मा १ सय ६ जना मात्र भेटिए

विमला घर्ती
घोराही, १६ साउन
दाङ जिल्लामा वितेको एक बर्षमा तीन सय बढी मानिस हराएका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा दाङमा २ सय २९ जना हराएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयको महिला सेल शाखाको तथ्यांक अनुसार हराउनेहरुमा महिला तथा बालबालिका धेरै छन् । एक वर्षमा महिला २ सय १३ जना हराएकोमा ६९ जना भेटिए भने बाँकी १ सय ४४ जना भेटिएनन् । बालक ६० जना हराएकोमा १३ जना भेटिएका छन् भने ४७ जना बेखबर रहेको महिला सेलकी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो एक वर्षमा बालिकाहरु ५६ जना हराए । जसमा २४ जना भेटिए भने ३२ जना भेटिएनन् । अघिल्ला वर्षहरुमा भन्दा आर्थिक वर्ष २०७३÷०७४ मा धेरै रहेको प्रहरीको तथ्यांकमा छ । आर्थिक वर्ष २०७१÷०७२ मा १ सय ९७ जना हराएकोमा २१ जना भेटिएको तथ्यांक छ । यस्तै २०७२÷०७३ मा ३ सय २८ जना हराएकोमा ७३ जना भेटिएका थिए । आर्थिक बर्ष २०७३÷०७४ मा ३ सय २९ जना हराएका तंथ्यांक छ ।

हराउनेहरु के गर्छन् कहाँ जान्छन् भन्ने बारेमा प्रहरी अनविज्ञ छ । हराएमा उजुरी पर्ने तथा भेटिएको जानकारी नगराउनु जस्ता कारणले पनि हराउनेहरुको संख्या धेरै तथा फेला परेकाहरुको संख्या थोरै भएको प्रहरीको भनाई छ । हराएर समस्या परेको बेलामा प्रहरी खोज्दै आउनेहरु भेटिसकेपछि भने प्रहरीलाई नै जानकारी नगराउने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*