Home / Feature Breaking news / वेलुवामा समुदाय सचेतना कार्यक्रम

वेलुवामा समुदाय सचेतना कार्यक्रम

घोराही, १० भदौ

नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा समुदाय सचेतना कार्यक्रम घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवामा सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत समुदाय स्तरिय सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधवप्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा महिला शान्ति र सुरक्षा कार्यक्रमका प्रमुख रमेश केसीले सशस्त्र द्धन्द, द्धन्दको समयमा जिल्लामा भएका ठुला घटनाहरु, सशस्त्र द्धन्दले हालसम्म पारेको असरहरुको बारेमा जानकारी गराउनुभएको थियो भने सशस्त्र द्धन्दका कारण हालसम्म समाजमा रहेको मनोवैत्रानिक आघातको समस्या, लक्षण, समधानका उपायका विषयमा मनोविमशकर्ता लक्ष्मी ढकालले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले लामो समयदेखी शान्तिको क्षेत्रमा काम गरिरहेको र पछिल्लो समय द्धन्दपीडीत महिलाहरुको मानसिक स्वास्थ्य र आर्थिक आयआर्जनलाई लक्षीत गरेर कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । समाज सचेत बनाउने जिम्मा सरकार लगायत सामाजिक संघसंस्थाको भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने उहाँको भनाई थियो । गाँउका अगुवा सुन्दरलाल चौधरीले सशस्त्र द्धन्दको समयमा बेलुवा गाँउ धेरै नै पूभावित भएको र सामुहीक हत्या पनि भएकाले द्धन्दको घाँउ अझै ताजै भएको बताउनुभयो । द्धन्दको कारण अझै पनि धेरै व्यक्तीहरुमा मानसिक समस्या भएको भन्दै उहाँले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा आमा समूहका अध्यक्ष रजनी चौधरी, सहभागी सुजाता चौधरी लगायतले मन्तव्य राख्नुभउको थियो । कार्यक्रमको सहजिकरण महिला शान्ति र सुरक्षा कार्यक्रमका प्रशासनिक सहायक सरस्वति चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*