Home / Feature Breaking news / प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे : सिंह

प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे : सिंह

सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन्। बिहीबार नेपाल महिला संघ काठमाडौँले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरुलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताएका हुन्।

उनले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरुलाई मात्रै नीति नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताए। नेता सिंहले सभापति देउवाले जान्दाजान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको बताए।

‘विधि, प्रक्रिया पूरा गर्ने, पदमा बस्ने, पार्टी सभापति हुने, तर पार्टी सभापति भएपछि हरेक ४ वर्षमा महाधिवेशन हुन्छ भनेर थाहा पाइकन क्रियाशील सदस्यताको काम पार्टीको विधान अनुसार नगर्ने, गरेको भए अहिले यो अवस्था आउँथ्यो? गर्छु, गर्छु भन्ने तर कामबाट पुष्टि गर्न नसक्ने, मुख्य कुरा पार्टी सभापतिले पार्टीको विधानअनुसार सबैलाई सम्मान रुपमा क्रियाशील सदस्यताको त्राmइट एरिया एकनाश हुनुपर्यो नि, आफ्नो मान्छोलई क्राइट एरिया नचाहिने, त्यस्तो नि हुन्छ, यदि उहाँले त्यसमा पनि जबर्जस्ती गर्नुभयो भने हामीलाई पनि काँग्रेसको इतिहास थाहा छ, कस्ता कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रुपमा के गर्नुपर्छ गर्छौं, उनले भने।

नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँदली भएको बताउँदै नेपाली काँग्रेसजस्तो डेमोक्रेटिक पार्टीले पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्नेमा जोड दिए। नेता सिंहले आफ्नी आमा तथा महिला हकहित कर्मी स्व. मंगला सिंहले महिला मुक्ति आन्दोलनमा नेपाली महिलाहरुलाई पुरुषसरह नै अधिकार दिनुपर्छ भनेर लडेको स्मरण गर्दै महिलाहरुले आफ्नो हकहित सुरक्षाका लागि अझै लड्न आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*