Home / Feature Breaking news / चितुवाको छालासहित दाङमा एक पक्राउ

चितुवाको छालासहित दाङमा एक पक्राउ

दाङ, १४ चैत । दाङ प्रहरीले चितुवाको छालासहित एक जनालाई प्रक्राउ गरेको छ । अवैध दुर्लभ छाला ओसार पसार तथा विक्रि वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका १७ चौघेरामा डेरा गरि बस्ने २० बर्षीय सुनिल सुनारलाई एक थान चितुवाको छाला र आठ वटा दातसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले बुधवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्युठान स्वर्गद्धारी नगरपालिका ५ घरभई हाल चौघेरामा डेरा गरि बस्ने परियारलाई चितुवाको छाला,आठ थान दातसहित मंगलवार साझ पक्राउ गरि सार्वजनिक गरेको हो । प्रक्राउ गरेको छाला,दात र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाउन थालेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले बताईन ।IMG_4509

पक्राउ गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्वाई र ४ फिट ३ इन्च लम्वाई रहेको । ‘पछिल्लो समय दाङलाई ट्राजिट बनाएर अवैध दुर्लभ बन्यजन्तुको छाला,हाड तस्करी बढेको छ’,प्रहरी प्रमुख सिंहले भनिन,‘अवैध कारोवार रोक्नकालागि प्रहरी संक्रिय रुपमा लागेको छ ।’ उनले दाङमा तस्करी भन्दापनि दाङलाई ओसारपसार हुने गरेको समेत बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*