Home / Feature Breaking news / द्वन्द्व प्रभावित महिलाहरुका लागि ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम

द्वन्द्व प्रभावित महिलाहरुका लागि ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम

दाङ, ४ साउन । नेपाल महिला सामुदायिक सेवा केन्द्रले दाङ र रोल्पा जिल्लामा महिला शान्ति र सुरक्षा कार्यक्रम सुरु गरेको छ । केन्द्रले नागरिक आवाजको समन्वयमा द्वन्द्व प्रभावित महिलाहरुका लागि सो कार्यक्रम सुरु गरेको जनाइएको छ ।

आइतवार घोराहीमा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि कार्यक्रमको प्रभावकारीताको बिषयमा छलफल गरिएको छ । मार्च २०२० देखि डिसेम्बर २० सम्मका लागि कार्यक्रम संचालन हुने भनिए लकडाउनका कारण केही ढिला गरी कार्यक्रम सुरु भएको आयोजक नेपाल महिला सामुदायिक सेवा केन्द्रका बरिष्ठ प्रवन्धक पवन योगीले जानकारी दिएका हुन ।

उनका अनुसार यौन हिंसामा परेका, द्वन्द्वकालिन समयमा श्रीमान वेपत्ता भएका तथा हिंसा प्रभावित महिलाहरु समाजमा नेतृत्वदायी भुमिका निर्वाह गरी शान्ति, महिला सुरक्षा तथा समतामुलक समाज निर्माणका लागि कार्यक्रमले भुमिका खेल्नेछ ।

दाङ जिल्लामा १० जना तथा रोल्पा जिल्लामा १० जना गरी २० जना महिला शान्ति पहलकर्ता छनौट गर्ने, कार्य क्षेत्रभित्र रहेका हिंसा प्रभावित तथा द्वन्द्वकालिन समयमा श्रीमान वेपत्ता भएका परिवारका महिलाहरु छनौट गर्ने, पिस सर्कलमार्फत समुदायमा रहेका हिंसा तथा द्वन्द्वसँग सम्बन्धित मुद्धाहरु सहजीकरणका लागि काम गर्ने समेत उनले बताए । कार्यक्रमका लागि ६१ लख ९७ हजार रुपैँया बजेट रहेको सस्थाले जनाएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली समृद्धि समाज निर्माणका लागि महिला र पुरुषकाविचमा समनता आवश्यक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि,सुरक्षाकर्मी,सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । परामर्शदाता दीपा धितालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन कार्यक्रम अधिकृत आरके शितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*