Home / Feature Breaking news / बक्सिङमा दाङकी लक्ष्मीलाई स्वर्ण

बक्सिङमा दाङकी लक्ष्मीलाई स्वर्ण

दाङ,१० मंसिर । काठमाण्डौमा भएको प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिक्स बक्सिङ प्रतियोगितामा दाङकी लक्ष्मी घर्तिमगरले स्वर्ण पदक जितेकी छिन ।
यहि मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा सञ्चालन भएको प्रतियोगितामा २४ बर्ष मुनि उमेर समूहको ५७ किलो तौल समूहको खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै लक्ष्मीले पदक हात पारेकी हुन ।

फाइनल खेलमा काठमाण्डौ जिल्लाकै नक्साल ‘ए’ बक्सिङ क्वलकी शिवानी श्रेष्ठलाई हराउँदै लक्ष्मी उत्कृष्ठ खेलाडी घोषित भएकी हुन । । सुरुदेखि नै उत्कृष्ठ खेल प्रर्दशन गरेकी लक्ष्मीले प्रतियोगितामा देशभरका सहभागी खेलाडीहरुलाई पराजित गर्दै प्रतियोगितामा प्रथम भएकी लक्ष्मीले शिल्ड,प्रमाण प्राप्त गरेकी हुन ।

त्यस्तै प्रतियोगितामा १९ बर्ष मुनि उमेर समूहको ४८ किलो तौल समूहको खेलमा दाङकी सुशीला थापा राजत पदकसहित दोश्रो भएकी छिन । प्रतियोगिताको सेमिफाइनल खेलमा काठमाण्डौ जिल्लाकी प्रर्मा आरएल रानालाई पराजित गर्दै सुशीलाले दोश्रो स्थान हासिल गरेकी हुन ।

hari

 

फाइनल खेलमा सुशीला काठमाण्डौ नक्साल ‘ए’ बक्सिङ क्वलकी रमिसा श्रेष्ठसँग पराजित भएर दोश्रो स्थान हासिल गरेकी प्रशिक्षक हरिबहादुर सुनुवारले जानकारी दिए । त्यस्तै प्रतियोगितामा पुरुषतर्फ २४ बर्ष मुनि उमेर समुहमा ६९ तौल समूहको खेलमा अल्फा टे«निङ सेन्टर घोराही दाङकै विकास राना मगर काश्य पदक प्राप्त गर्दै तेश्रो भएका छन ।

laxmi

नेपाल बक्सिङ संघको आयोजनामा काठमाण्डौको दशरथ रंगशालाको खेल स्टीडिममा भएको प्रतियोगितामा दाङको अल्फा टे«निङ सेन्टर २४ बर्ष मुनि उमेर महिला समूहतर्फ च्याम्पियनसिप भएको प्रशिक्षक सुनुवारले बताए । प्रतियोगितामा नेपाल बक्सिङ संघमा आवद्ध देशभरका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा अल्फा टे«निङ सेन्टरका ८ जना खेलाडीहरुको सहभागिता रहेको टिम व्यवस्थापक कृष्ण सुनुवारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*