घोराही, ९ मंसीर
घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको जलाशयमा एक व्यक्ती डुबेर बेपत्ता भएका छन् ।
घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृतिम जलाशयमा डुबेर एक जना युवा वेपत्ता भएका हुन् ।
आईतवार दिउसोक करिब ४ बजेको समयमा पौडी खेल्ने क्रममा डुबेर एक युवा वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का करिब १८ वर्षका लक्ष्मण डिसी रहेका छन् ।
साथीहरुसँग गएका डिसी पौडी खेल्ने क्रममा डुबेर उनी वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । वेपत्ता भएका युवाको खोजी कार्य हुन सकेको छैन ।
जलाशय धेरै गहिरो भएको र पानीको सतह धेरै भएकाले शव निकाल्न नसकिएको प्रहरीको भनाई छ ।
घटनास्थल नेपाली सेना पुगेपनि केही नगरी फर्कीएको थियो ।
पानीको मात्रा घटाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।