Home / Feature Breaking news / होलीमा इच्छा विपरित रंग नदल्न प्रहरीको अनुरोध

होलीमा इच्छा विपरित रंग नदल्न प्रहरीको अनुरोध

 

लिलाधर वली

दाङ,१६ फागुन । ‘होलीले मेरो रंगायो,नयां चोली’

वालवालिकाहरुले वावा आमासंग पिच्कारीको जोहो गर्न आव्हान गरिरहेका छन् । त्यतिमात्रैले उनीहरुलाइ पुग्ने छैन, पिच्कारीमा छर्कने रंग र पानी भने व्यालुन(लोला) पनि उनीहरुको माग छ । युवायुवतीहरु होलीको विशेष ड्रेसको खोजीमा छन् । छान्दैछन्, सेता रंगका पहिरन । मिसिएका रंगहरुको आकाश बर्षा गराउने तयारीमा छन् युवाहरु । संगसाथीहरुले होलीमा कहां भेट्ने भन्ने विषयमा लोकेशन फिक्सिङको तयारीमा छन् ।

आत्मियताको पर्व, भ्रातृत्वको पर्व अनि मिलनको पर्व होलीलाइ यो बर्ष विशेष पर्वका रुपमा पनि मनाउने तयारीमा छन् । खासगरी मिलनको पर्व भन्दा यसलाई सार्थकता दिन सकिने नागरीक अगुवा एवं पाकाहरुको अभिव्यक्ति छ । रंगको पर्व होली, मनोरन्जनको उन्माद होली, अनि साथीभाईको जमघट होली, सवैको प्रतिक्षाको दिन भोली……।

दैलोमा आएको होलीलाई भिन्न भिन्न शैलीमा मनोरञ्जनका रुपमा लिइन्छ, यस पर्वमा विभिन्न रंगहरुको प्रयोग गरिने गरिन्छ । तर विभिन्न संस्कृतिको जगेर्नासंगै स्वास्थ्यमा विशेष ख्याल गर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । वरिष्ठ छाला रोग विशेषज्ञ डा. प्रताप पोखरेल भन्छन्, धेरै रंग दल्दा छालाका विरामीहरुलाइ एलर्जी हुन सक्छ, ख्याल गरेर मात्रै होलीलाइ रंगिन बनाउन आवश्यक छ । होलीमा आफ्नो छालाको विशेष ख्याल गर्नुपर्ने छालारोग विशेषज्ञ पोखरेलले बताए । होली मनाउने नाममा विभिन्न केमिकल मिसावट लोशन समेत दल्ने प्रचलन भएको भन्दै त्यसमा पनि उचित ध्यान दिन उनले सुझाए ।

सुरक्षा निकायले भने होलीलाइ कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा सुरक्षा सतर्कता छलफलमा जुटेको छ । जवर्जस्ती रंग दल्ने, जवर्जस्ती लोला हान्ने तथा अंडाले समेत प्रहार गर्ने प्रबृत्तिलाइ पुर्ण रुपमा नियन्त्रणमा लिन सुरक्षा बैठक सहित संबन्धित माताहतका युनिटहरुलाई खवर भैसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दुर्गा चन्दले बताइन् । त्यसैगरी होलीको वाहनामा मादकपदार्थ र लागुऔषध सेवन गरी होहल्ला गर्नेहरुको पनि विशेष निगरानीकालागी सुरक्षा निकाय परिचालन हुने जिल्ला प्रहरी प्रमुख चन्दले बताइन् । तर होली पर्वलाई उमंग र भाइचाराको पर्वका रुपमा मनाउन भने सुरक्षा निकायले कुनै अवरोध नगर्ने पनि उनले बताइन् । ‘पर्वको उल्लासलाइ रोकिने छैन, तर पर्वका नाममा हुने आवान्छित गतिविधि गरी सामाजिक सद्भाव खल्वल्याउन खोज्नेलाइ छाडिने छैन’—चन्दले भनिन् ।

होली विशेष सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरीले कसैले बलजपती रंग दल्ने लगायतका गतिविधि गरे त्यस्ता व्यक्तिहरुलाई तत्काल कारवार्ही गर्ने जनाएको छ ।

होलीका नाममा सामाजिक इच्छाविपरित क्रियाकलाप गर्ने, ट्राफिक नियम उल्घन गर्ने तथा झै–झगडा रोक्न जिल्लाका विभिन्न स्थानमा प्रहरी परिचालन गर्ने समेत जनाएको छ । होलीलाई सुरक्षित,मर्यादित एव भयरहित बातावरणमा मनाउन समेत आग्रह गरेको छ । इच्छा विपरित कसैले पनि कसैलाई रंग, लोला होन्ने, फोहार पानी छयाप्ने, अण्डा हान्ने तथा विपरितलिंगी तथा यात्रुहरुलाई दुख दिने कार्य नगर्न प्रहरीले सवैमा अनुरोध गरेका छ । साथै रंगहरुको पर्वका नाममा मोविल,कडा रंग,अण्डालगाय हान्ने गरिएको भन्दै प्रहरीले त्यसो नर्गन समेत सवै जिल्लावासीहरुलाई अनुरोध गरेका छ ।

होलीका नाममा मादक पदार्थ सेवन गरेर हिँड्ने, जथाभावी सवारी साधन चलाउने, सामाजिक सद्भाव र मेलमिलाप भड्काउने गतिविधि गर्ने, साम्प्रदायिक सहिष्णुताविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष ध्यान दिने समेत बताएको छ ।

होलीको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै नियमित प्रहरी परिचालन गर्ने समेत जनाएको छ । त्यस्तै विभिन्न स्थानमा प्रहरी परिचालन सहित सादा पोशाकका प्रहरीलाई बजार क्षेत्रमा परिचालन गरिने भएको छ ।

के हो होली ?

प्राचिन सत्य युगमा हिरण्य कश्यवका छोरा प्रलादले इश्वर्र भक्तिका कारण नास्तिक माथि विजयी हासिल गरेका थिए । पहिलेको हिरण्य कस्यव भनेका बर्तमान युगको हिरण्य कश्यव भनेको गरिवी,हिंसा,फोहरी राजनीतिक खेल,महंगी,माथि नै बिजयी गर्नु नै बर्तमानको होली हो ।

त्यस्तै बलत्कारी,बेरोजगारीलगायतका समस्यामाथि नै बिजयी गर्नु नै पहिले प्रलादले बिजयी हासिल गरे झै हामीले होली मनाउनको सार्थकता रहने ज्योतिषी मेघराज आचार्यले बताए ।
गोरक्ष राष्ट्रिय दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*