Home / Feature Breaking news / कांग्रेसको प्रदेश-२ समितिमा पाँच जना सदस्य निर्विरोध निर्वाचित

कांग्रेसको प्रदेश-२ समितिमा पाँच जना सदस्य निर्विरोध निर्वाचित

जनकपुरधाम,७ पुस । नेपाली कांग्रेस प्रदेश(२ समितिको जारी अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार खुल्लातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका छन् । प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन शुरु हुन सकेको छैन ।

पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको संयुक्त टिमबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*