Home / समाचार / पत्रकार कुसारी र माेडेल केसीकाे पहलमा पीडित बिककाे घर निर्माण हुने

पत्रकार कुसारी र माेडेल केसीकाे पहलमा पीडित बिककाे घर निर्माण हुने

देविराम कुसारी
गाेल्टाकुरी, १८ मंसिर ।

पत्रकार महासंघ दाङका केन्द्रिय सभासद देविराम कुसारी र उनकी बहिनी माेडेल सन्जु केसीकाे पहलमा अागलागी पीडितकाे घर निर्माण हुने भएकाे छ ।
दाजु वहिनिकाे पहलमा उठेकाे सहयाेग रकमबाट  दंगिशरण २ बंगलापुरका अागलागी पीडित रते कामी (विक)काे नयाँ घर निर्माण हुने भएकाे हाे । गएकाे वैशाख १२ गते बाघेचिरा जंगलमा लागेकाे अागाे घरमा सल्किदा विककाे सम्पुर्ण क्षति भएकाे थियाे ।

लामाे समय सम्म पनि विकले घर बनाउन नसकेपछि पत्रकार कुसारीकाे अाग्रहमा माेडेल केसीले अष्ट्रेलियामा र पत्रकार कुसारीले नेपालमै सहयाेग संकलन गरेका थिए ।
यसरी संकलन गरेकाे रकम वाट पहिलाे पटक २ हजार पक्की इट्टा, २५ वाेरा सिमेन्ट, साढे एक बण्डल जस्तापाता विककाे श्रीमतीलाई हस्तान्तरण गरिएकाे छ ।

दंगिशरण २ का वडा अध्यक्ष तुलसीराम देवकाेटा, वडा सदस्य नन्दराम खत्री, सि यम पि अार का शान्ति स्वयम् सेवक र स्थानियकाे राेहवरमा साे सहयाेग सामाग्री हस्तान्तरण गरीएकाे हाे ।
मिस राप्ती, मिस हिमालयन समेत भैसकेकी, हाल अष्ट्रेलियमा अध्ययनरत केसीले अझै पनि अत्याअावश्यक सामाग्री अष्ट्रेलियामा रहेका साथिहरुकाे सहयाेगमा पूरा गर्न पहल गर्ने वताएकी छिन् ।

विक परिवारले याे समाग्री वाट घर निर्माण गरिसके पछि लत्तकपडा पनि सहयाेग पर्दान गर्ने पत्रकार कुसारीले वताएका छन् । घरमा अागलागी भएकाे ८ महिना सम्म पनि विक परीवार अर्काकाे घरमा बस्दै अाईरहेकाे छ । विक परीवार अागलागीकाे पिडामा मात्रै छैन छाेरीकाे उपचार खर्च वाट पनि पीडित भएकाे छ ।

अाफ्नाे घर अागलागी भएपछि सहारा दिदै अाएकी विककाे छाेरीकाे पनि विजाेग भएकाे छ । तुलसीपुर उमनपा १३ फुलवारीकी विककी छाेरी संगिता विककाे माटाेकाे ढिस्काेमा पुरीदा खुट्टा भाचिनुका साथै गम्भीर घाईते भएकी छन् ।

छाेरी संगिताकाे हाल शुष्मा मेमाेरियल अस्पताल काठमाण्डाैंमा उपचार भैरहेकाे छ । रते छाेरीकाे उपचारका लागी एक महिना देखी काठमाण्डाैंमा रहेकाे हुदा श्रीमत र सन्तान अरुकै घरमा साहारा लिएर वसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*