घोराही, १७ पुस
नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी वेदबहादुर के.सी लामीछानेको निधन भएको १३ औँ दिनको पुण्य तिथिमा नेपाली कांग्रेसले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
घोराही उपमहानगरपालिका १० धैरेनी (सिस्वानी) निवासी लामीछानेको निधन भएको १३ औँ दिनमा उहाँको निवास मै एक कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली सभा गरिएको हो ।
नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा न. १० का सभापति देवबहादुर वलीको अध्यक्षता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्ण किशोर घिमीरेको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको विशिष्ठ आतिथ्यमा भएको शोक सभामा बोल्ने वक्ताहरुले स्वर्गीय वेदबहादुर लामीछानेले पार्टि र समाजका लागि पु¥याएको योगदानको उच्च प्रशंसा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमीरेले स्व. लामीछाने नेपाली कांग्रेसको एक सच्चा ईमान्दार नेता भएको बताउदै उहाँले गाउँ समाजको विकासका लागि सधै चिन्ता चासो गर्ने गरेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले एक सच्चा सिपाहीलाई गुमाउनुपरेको बताउदै उहाँको देखाएको मार्गमा हिड्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले स्व.लामीछानेको पार्टिको संगठन गर्नका लागि सधै लागीपर्ने व्यक्ती भएकाले उहाँले पार्टिकालागि अतुलनिय योगदान दिएको बताउनुभयो । उहाँले लामीछानेको देखाएको मार्ग पार्टि र समाजको एक उदाहरणीय कार्य भएको बताउदै परिवारले पनि उहाँको मार्गमा लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानका केसी, नेपाली कांग्रेस जिल्ला सचिव बालिका लम्साल, महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस क्षेत्र न. २ का सभापति भिमप्रकाश खड्का, प्रदेश सभा क्षेत्र न.२(१) का सभापति प्रकाश श्रेष्ठ, प्रदेश सभा क्षेत्र न. २(२) का सभापति अभियान बस्नेत, घोराही नगर सभापति तिलक रावत लगायतले श्रद्धाञ्ज्ली मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उपस्थितहरुलाई घरपरिवारको तर्फबाट आर.के.शीतलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण वडा सचिव चित्रबहादुर रावतले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh