दाङ, १० पुस
ज्याेतिष परिषद् नेपाल दाङ जिल्ला तदर्थ समितिकाे शंख वादन प्रशिक्षण, प्रमाणपत्र वितरण तथा प्रदेश विस्तार कार्यक्रम सम्पन्न भएको छ।परिषदका जिल्ला उपाध्यक्ष डा.बद्री प्रसाद गाैतमकाे अध्यक्षता तथा संस्कृतिविद डा.भाेलानाथ याेगीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि डा.याेगीले शंख आकाशकाे स्वरूप भएको र पञ्चतत्व सङ्ग सम्बन्धित भएको हुँदा दैनिक रूपमा घरमा शंख बजाउने हाे भने लक्ष्मि प्रसन्न हुने र राेगादिका भाइरसहरू नष्ट हुने बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक मनाेज भण्डारीले शंखकाे बारेमा प्रशिक्षण दिनुभएको थियाे भने कसरी बजाउनु पर्छ भनेर श्रीनारायण खनालले सिकाउनु भएको थियाे ।त्यसैगरी कार्यक्रममा ज्याेतिष परिषद नेपालका केन्द्रीय अध्यक्ष मेघराज आचार्य ( तुफान ) ,महासचिव केशब गाैतम, उप प्राध्यापक नारायण भण्डारी डा.हरि प्रसाद घिमिरे, प्रदेशका अध्यक्ष कपिलदेव सुवेदी, टंक प्रसाद देबकाेटा लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।
परिषद्का जिल्ला सदस्य पिताम्बर रिजालको स्वागत मन्तब्यबाट सुरू भएकाे कार्यक्रमकाे सञ्चालन सचिब वाल्मीकी देवकाेटाले गर्नुभएको थियाे । कार्यक्रममा अनलाइन मार्फत पढिएकाे ६ महिने ज्याेतिष काेर्षमा उत्तीर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
RaptiSandesh RaptiSandesh