Home / Feature Breaking news / सुरेन्द्र दाइको आकाशवाणी

सुरेन्द्र दाइको आकाशवाणी

खेमराज रिजाल
दाङ,१२ बैशाख । गते, वार याद भएन । विसं २०३९ साल हो । मैले नेपालगञ्जस्थीत महेन्द्र वहुमुखी क्याम्पसबाट प्रमाणपत्रको परीक्षा दिइसकेको थिएं । संगै सरकारी सेवामा लाग्नुपर्छ भन्ने दाजु सुरेन्द वहादुर श्रेष्ठको आग्रहमा मैले लोकसेवा आयोगमा सहलेखापालको परीक्षा दिएको थिएं, घोराहीबाटै पहिलो पल्ट । फारम पनि दाजुले नै भरि दिनुभएको थियो । रिजल्ट आउने वेला उहँं काठमाण्डौमा जागिर कै क्रममा हुनुहुन्थ्यो । त्यतिवेला यतिविघ्न सञ्चारको सन्जाल थिएन, यातायात सञ्जाल पनि थिएन ।
मेरो नाम लोकसेवा आयोगमा निस्किएछ । दाजु सुरेन्द्रले आकाशवाणीमार्फत खवर पठाउनुभो । करीव नतिजा प्रकाशित भएको दश दिनपछि मात्रै मैले सहलेखापालको परीक्षामा नाम निकालेको खवर पाएं । सवैभन्दा पहिला खुशी बुवा शंकरलाल श्रेष्ठ र मुमा ज्ञानु श्रेष्ठलाइ शेयर गरें । त्यसदिन घरमा अन्य दिन भन्दा रमाइलो र खुसीको वातावरण बन्यो । दाजुले लेख्नुभएको थियो, आकाशवाणीमा, बधाइ छ भाई, तिम्रो लोकसेवामा नाम निस्केको छ । पढाईमा अझै थप मेहनत गर्नु….। मेरो सवैभन्दा खुशीको क्षण त्यहि भुनुं अहिलेलाई । अं खुसीको कुरा सोध्नु हो हगी ! सधै खुशी छु नि म, हाहाहा…।
कहिले बेखुशी देख्नुभा छ र मलाई । बरु अरु पनि मेरा खुशीका क्षणहरु लेखिदिनुस । बुवा आमा मेरा सवैभन्दा खुशीका पात्र हुनुहुन्छ, उहाहरुले मलाई पढाईमा सधै हौस्याउनुभो । सधै मलाई पढाईको चांजोपांजो मिलाइदिनुभो । उहाँंहरुको मप्रतिको अतुलनीय योगदानलाई मैले कहिल्यै बिर्सन सक्दैन । त्यसवेला स्कुलमा १ सय २० रुपैया बार्षिक शुल्क तिर्नुपथ्र्यो, जतिवेला मैले दश कक्षा पढथें । उहाँंहरुले कहिल्यै पैसाको अभाव हुन दिनु भएन, पढाईकालागी, पाठ्यपुस्तककालागी अनि खाजाकालागी पनि । खुशीका श्रंखलाहरुमा हरेृक पटक इटा थप्दै अहिले सिडिओ भएर दाङ आएको छु ।

gajendra

आफ्नै गाउंठाउंमा जनताको सेवामा खटिन पाउंँदाको खुसीलाइ मैले तुलनै गर्न सक्दिन, संयोग भनुं वा भाग्य । अर्थात विसं २०७३ साल असार २५ मा मैले अफिस नआउंदै सिडिओले चलाउने अफिसियल मोवाइल मेरा सुरक्षा गार्ड मार्फत पाएं । अनि मात्रै कार्यालय छिरेर प्रमुख जिल्ला अधिकारीको भुमिकामा जिम्मेवारी संहालें । उञ्चालिस सालमा सलेपा भएको म २०४० सालमै लेखापाल भएर रुकुम जिल्ला शिक्षा कार्यालयमा काम गरे । त्यसपछि मलेनिकामा ।

त्यहां जागिर छाडेर विसं २०४५ सालमा विद्युत प्राधिकरणमा शाखा अधिकृतका रुपमा ४ महिना जागिर खांदाखांदै फेरी निजामती सेवामै लेखा अधिकृतका रुपमा नाम लिकालेपछि दैलेख, सुर्खेत, जुम्लाहुंदै मन्त्री परीषदको कार्यालयमा समेत काम गरें । त्यसै कंममा विसं २०६१ सालमा मेरो फाइल बढुवा भयो । अनि त्यसपछि फेरी बढुवा भएर टु क्लास अफिसर । दाङमा सिडिओ भएर हतपती कोही आउन चाहंदैनथे विसं २०७३ मा पहिलेका सिडिओसाप सरुवा भएपछि खाली रहेछ, म लेखाको मान्छे भएपनि मलाई मन्त्रालयले सिडिओ बनाएर दाङमा पठायो । म आएं ।
अं खुशी अर्को पनि लेखिदिनुहोला, हरपलको सफलता । कक्षा एकदेखि दिएको एकेडमिक परीक्षादेखि लोकसेवा आयोगसम्मका कुनैपनि परीक्षाहरुलाइ मैले दोहोराएर दिनु परेन । यो पनि खुशी हो मेरो अन्तरआत्माको । तर म स्कुलको अव्वल विद्यार्थी भने होइन । सलेपमा नाम लिकाल्दा दैनिक दुइ÷तीन घण्टा अध्ययन गर्थे भने, अधिकृतमा नाम निकाल्ने वेला पनि अध्ययनको रफ्तार त्यस्तै त्यस्तै थियो । लगनशिलता र मेहनेतलाई नै मैले खुशीका क्षणका रुपमा लिएको छुं । त्यसो त मेरा पारिवारिक खशीहरु पनि छन् । मागी विवाह गरेर ल्याएकी श्रीमती मिना श्रेष्ठ मेरो खुशी हुन्, जसले छोरा शुसान्तलाई सांच्चिकै नाम अनुसारकै बनाएकी छिन्, छोरी सुभेक्षालाइ पनि त्यस्तै.. ।

मैले उनीहरुलाई डाक्टर पढाउन चाहन्थें, त्यसैले आइएसी वाइलोजी विषय पढ्न लगाएको थिएं, तर मान्छे पिच्छेका फरक रुचि हुंदा रहेछन् । छोरी सुभेक्षा इन्जिनियरको जागिरे भैछे । अर्की छोरी समिक्षा एउटा कंपनीमा सिएको जागिरे भएकी छे । आफ्नै खुट्टामा उभिन सक्ने भएका छन् उनीहरु । छोरा अझै विविए अध्ययनकै क्रममा छ । पढाई पनि राम्रै छ । अनि अर्को मेरो पेशागत इमान्दारीतासँंग जोडिएको खुशी पनि मैले जोड्न चाहें । हालसालैको कुरा । अर्थात विसं २०७२ सालको सर्वोत्कृष्ट निजामती पुरस्कार पाउंदाको क्षण पनि मेरो अर्को खुशीको क्षण हो । त्यो वेला मैले प्रधानमन्त्रीको हातवाट सम्मानपत्र सहित एक लाख रुपैया नगद पाएको थिएं ।
ओ हो, तपाई त खुशीका क्षण मात्रै सोध्नु भो, मेरो एउटा अविश्मरणिय क्षण पनि लेखिदिनुहोला । मलाई गते महिना र साल याद भएन । फागु पुर्णिमाको दिन थियो, त्यो वेला म नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा होस्टलमा बसेर अध्ययन गर्थे । फागु मनाउन होस्टलमा बस्ने साथीहरु बजार निस्किियौं, होली खेल्न । बजारमा फ्रिमा मिठाइ बांडिदो रहेछ, त्यो दिन । थाहा थिएन, त्यो कस्तो मिठाई थियो । खाएर होस्टलमा फर्कें, त्यसपछि होस्टलमा साथीहरुले ल्याएको मिठाई फेरी थपियो । त्यसपछि सुरु भो रमिता । जिउमा रिंगटा लाग्न थाल्यो ।

 

दिमाग एकोहोरो हुंदै गयो, स्मरणशक्ति सिथिल हुंदै गयो, अनि हामी करीव आधा दर्जन जति साथी थलियौं, विस्तारामा । दिसा पिसाव लागेको समयमा र तिर्खा लागेको समयमा पानी पिउन उठ्ने वाहेक तीन दिनसम्म विस्तारा छाड्न सकिएन । कारण पछि मात्रै थाहा भो, ती मिठाइमा भाङ मिसाइएको रहेछ, जसको नसाले तीन दिनपछि मात्रै छाडेको थियो ।
त्यसपछिका होली होउन वा शिवरात्री पर्व मैले बजारबाट ल्याएका मिठाइ पनि खान छाडिदिएं । यस्तै हुन अविस्मरणिय क्षण पनि । भैगो अहिले फोन, आयो अर्को कार्यक्रमकालागी पछि फेरी मेरो अफिसको आन्तरिक र वाह्य व्यावस्थापनका विषयमा अलि लामो कुरा गरौंला है । यति भन्दै उनी फर्मल ड्रेसअपकालागी ड्रेसिङ रुपतर्फ उक्लिए । माथि उल्लेखित खुशीका अविस्मरणिय क्षणहरु हुन् हाल दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठका । विसं २०१८ सालमा सल्यान जिल्लाको सारदा नगरपालिका—२ डांडाघरमा जन्मिएका श्रेष्ठले स्थानिय बाल शिक्षा प्राविवाट प्रार्थमिक शिक्षा पुरा गरी त्रिभुवन जनमावि सल्यानबाट हाइस्कुल पास गरे ।

 

त्यसपछि नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा आइए उत्तिर्ण गरी स्नातक तह व्यावस्थापन संकायमा काठमाण्डौको शंकरदेव क्याम्पसबाट पुरा गरे । एकेडेमिक अध्ययन र लोकसेवाको परीक्षाको तयारीलाई सगंसंगै लग्ने क्रममा उनले तात्कालिन त्रिपुरेश्वर स्थीत जनप्रशासन क्याम्पसबाट पव्लिक एड्मिनिस्ट्रेशन विषयमा स्नातकोत्तर गरे अनि फाइनान्सियल विषयमा विएड समेत उत्तिण गरे । भन्छन् , खुशी मेहनतको प्रतिफल हो, अर्थात खुशी पैसा होइन । अर्थात दिनुमा पनि त्यत्तिकै खुशी हुन्छ । सुनाए एउटा कविको कविता सुनाए….।
खोज्छन्, सवै सुःख भनी सुःख त्यो कहांँ छ,
आफु मेटाई दिनु आरुलाई, शुःख त्यो जहाँ छ ।
अनि भर्खरै मदन पुरस्कार प्राप्त विजय कुमारको खुशी पुस्तकमा उल्लेख गरिएको एउटा उद्धरण पनि सुनाए । सन्तान राम्रो भए पैसाको के काम, उसले आफै कमाउँंछ । सन्तान राम्रो भएन भने पनि पैसाको के काम, जति कमाएर राखिदिए पनि उडाएर सिद्ययाउँछ ।
अन्तमा भन्छन् मातृभुमि र जन्मभुमि मेरा खुशी हुन्, । जागिरको अवकासप्राप्त रिटायर्ड लाइफ उनले सल्यानकै पैतृक थलोमा विताउन चाहन्छन् । त्यसकालागी थप भौतिक पुर्वाधारका विषयमा पनि सोंच्दै छु, प्रमुख जिल्ला अधिकारी श्रेष्ठ भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*