Home / Feature Breaking news / दाङवाटै सुनिएको र भोगिएको महाभुकम्प

दाङवाटै सुनिएको र भोगिएको महाभुकम्प

विपुल पोख्रेल

०७२ साल बैशाख १३ गते पत्रकार महासंघको मध्यपश्चिम भेला आयोजना गएिको थियो, बर्दियाको डल्ला भन्ने स्थानमा । ‘होम स्टेय’ रहेको त्यस स्थान यो भेगको आकर्षणको केन्द्र पनि हो ।

आयोजकले गरेको ब्यवस्थापन अनुसार १२ गते बेलुका त्यहाँ पुग्न भनी दाङवाट म समेतको एउटा टोली बिहानै त्यसतर्फ प्रस्थान गर्न थाल्यौ । ‘हामे स्टेय’मा बस्ने भनेपछि रमाइलोसंग त्यो दिन विताउने मानसिकता हामी सबैको बन्यो । बिहानै हिड्नुको कारण थियो, बबै नदीको पुल छेउ रहेको पत्रकार देविराम कुसारीको होटेलमा खाना खाने ।

त्यो होटेल हामिले देविरामको भनेर चिने पनि त्यसको सबै जिम्मा र ब्यवस्थापन उनकी श्रमतीले हेर्छिन् । त्यो होटेल माछाका लागि प्रख्यात छ । कुसारीकी श्रीमती आफैले बनाएको माछा खाने योजनाका साथ बिहानको खाना हामी त्यही खाने योजनाका साथ पुगेका थियौं ।

‘भयाबह छ, सबै जानकारी आउन सकिरहेको छैन, कार्यक्रम त स्थगित भैसक्यो, सायद भोली राष्ट्रिय शोक मनाउने हुन्छ होला’ उनले आत्तिएको स्वरमा यति भने र फोन पनि काटे ।

bhukam - Copy

शनिवार भएकाले भिडभाड कम थियो । हामी गएपछि पकाउन शुरु गरेको माछा पाक्नासाथ हाम्रो खाना शुरुभयो । त्यहाँ ग्राहकको पिछा लाग्ने बिरालो पनि छ, हामी बसेको टेवुलको छेउमा त्यो बिरालो बस्यो, हामीले फाल्ने माछाको काँडा ढुकेर ।
त्यत्तिकैमा टेवल माथीका ग्लास र पानीका बोत्तल हल्लन थाले । कसैले टेवलको खुट्टामा आफ्नो खट्टा ठोक्यो होला त्यसलाई सामान्य रुपमा लिइयो । तर, यो क्रम रुकेन बरु बढ्यो । हामी अत्तालियौ । कटेजवाट बाहिर निस्कियौ, बाहिर सबै हल्लीरहेको छ, मानिसहरु सबै बाहिर निस्केका छन् ।

हामिले लगेको स्कारपियो गाडी पनि हल्लिएको छ, अगाडि गुड्छ कि पछाडि भन्ने झै गरी ।

अनी यकिन भयो कि यो सबै भुइचालोका झट्का रहेछ । डर र रमाइलो दुबै अनुभुति भयो एकै पटक । जव हल्लिने क्रम रुक्यो, तब यसको असर कहाँ के प(यो होला भन्ने तर्फ ध्यान गयो । अनी मोवाइलमा झुण्डिन थाल्यौ सबै । त्यहाँ रहेका हामीसबैले सबैभन्दा पहिले आफ्नो आफ्नो घरमा फोन गर्न थाल्यौ । तर, फोन पनि डिस्टर्व भैसकेको रहेछ । सजिलै कसैको फोन लागेन । एनसेल फोनले भने केही काम गरेको थियो । तर, सबैसंग एनसेल थिएन । पालोपालो ग(यौ ।

बल्ल तल्ल मेरी श्रीमति शुलोचना गौतमसंग सम्पर्क भयो । उनी घोराही मै थिइन् । घोराहीमा पनि हल्लाएको, मानिसहरु डराएर सडकमा आएको र बैक रोडमा भागाभाग भएको सुनाइन् । घरमा ल्याण्डलाईनमा फोन लाग्यो छोरासंग कुरा भयो, उसका अनुसार घरको भित्ता केही चर्केछ । बाबासंग कुरा भयो, खुबै हल्लाएपछि भर बाहिर निस्कनुभएछ सबै । बाबाले बाहिरबाट हल्लिएको घर हेर्दा अब घर नै ढल्छ भन्ने अनुमानका साथ आफु उभिएको भन्नुभयो ।

यत्तिकैमा हामी मध्यका एक रोशनमान श्रेष्ठ, जो त्यतिबेला पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष थिए, उनको सम्पर्क काठमाडौमा भयो, अनी थाहाभयो, धरहरा ढल्यो, मान्छेको भागाभाग छ भन्ने । तर, पुरा कुरा हुन नपाउदै फोन कटीहाल्यो ।
एकैछिन उनको मोवाइलामा फेसवुक पनि चल्यो । त्यहाँ ‘धरहरा ढलेको सुनियो के हो रु,’ भन्ने स्टाटस देखियो, अनी धरहरा ढलेको भन्ने कुरामा हामी सुनिश्चित भयौं । मानवीय क्षती अनी भुइचालोको केन्द्रबिन्दू कहाँ भन्ने तर्फ हाम्रो ध्यानै गएन ।
यति यकिन भैसकेपछि हामी अमिलिया निस्कन भन्दै बबै छेउको कुसारीको होटेलबाट अगाडि बढ्यौ ।

मोवाइलले काम गरिरहेको थिएन । अब त्यो अन्यौलमा हाम्रो कार्यक्रम नै स्थगित हुने त हैन भन्ने आशंका हामीबीच हुनथाल्यो । पत्रकार महासंघका तत्कालिन केन्द्रीय सदस्य अजयदीप शर्मा पनि हामीसंग थिए । उनले महासंघको केन्द्रीय कार्यालयमा फोन सम्पर्क गर्न थाले । मैले तत्कालिन केन्द्रीय अध्यक्ष डा।महेन्द्र बिष्टलाई सम्पर्क गर्न थाले । संयोगले बिष्टसंग सम्पर्क भयो र काठमाण्डौको अबस्था के हो र कार्यक्रम के हुन्छ भनी मैले एकैपटक उनलाई साधे ।
‘भयाबह छ, सबै जानकारी आउन सकिरहेको छैन, कार्यक्रम त स्थगित भैसक्यो, सायद भोली राष्ट्रिय शोक मनाउने हुन्छ होला’ उनले आत्तिएको स्वरमा यति भने र फोन पनि काटे ।

उनको त्यो भनाईपछि बर्दीयाको कार्यक्रम स्थगित भएको जानकारी त पाइयो नै, संगै धेरै नै क्षेती भएको अनुमान लगाउन सकियो । तै पनि मानवीय क्षेतीका बारेमा हामीले अनुमान लगाउन सकेनौ । धरहरा ढल्दा त्यहाँ चढेका केही मानिस हताहत भएको प्रारम्भिक सूचना मात्र आयो ।

कार्यक्रम स्थगनको जानकारी पाएपछि हामी अमिलियाबाट पश्चिम नलागेर पूर्व तर्फ आयौं । लमही हुँदै घोराही आउनका लागि ।
म गोरक्ष दैनिकको सम्पादक पनि भएका कारण पत्रिकामा के के समाचार तयार गर्ने भन्ने बिषयमा सोच्दै आएको थिए । टेलिफोन, नेटले राम्रोसंग काम गरिरहेको थिएन । कसरी सबै सूचनाहरु संकलन गर्ने भन्ने तनाव थियो ।
पत्रिकाको कार्यालयको नेट नचलेका कारण रेडयो स्वर्गद्वारीमा गएर नेटबाट सूचना लिन थाले । पर्याप्त विविरण कही पनि भेटिदैनथ्यो । काठमाडौमा नेट सेवा अबरुद्ध झै भएकाले सूचना पाउन निकै समस्या भयो । तै पनि धरहरा ढलेको र त्यहाँ केही मानिसहरु हताहती भएको समाचार पुष्टि भयो । त्यसपछि त्यसै समाचाराई व्यानर न्युज बनाइयो, धरहराका बारेमा वीकीपिडियामा भएको जानकारीलाई सम्पादन गराएर समाचार बनाइयो ।

तर, क्षेतीको विवरण लेख्न सकिएन । ‘धरहरा ढल्दा कम्तिमा ९ जनाको मृत्युभएको छ’ भन्ने मात्र लेखियो मानवीय क्षतीका सम्बन्धमा ।

भौतिक क्षतीका बारेमा पनि धरहराका बारेमा त, लेखियो अरु सबै तथ्य आउन सकेन । तर, पनि पुरै पृष्ठ महाभूकम्पसंग जोडिएको सामग्रीले भरियो । अत्यन्त कठिन अबस्थामा त्यो दिनको पत्रिका तयार पारियो ।

महाभूकम्पका क्षतीको यकिन नभएता पनि त्यो दिन पहिलो पृष्ठमा कुनै बिज्ञापन राख्न मन मानेन । सकेसम्म ७ दिनसम्म पहिलो पृष्ठमा बिज्ञापन नराख्ने र पहिलो पृष्ठमा भुकम्पसंग जोडिएका समाचारमात्र दिने सोंच त्यसैदिन बेलुका बनाए । यो सोंचले सार्थकता पनि पायो ।

त्यो दिन बेलुकासम्म गोर्खाका बारपाक, सिन्धुपाल्चोकको क्षेती, काठमाडौमा भएको मानवीय क्षतीका बारेमा कुनै यकिन खबर नै पाउन सकिएन ।
कमेरोपाटी अनलाईनवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*