दाङ, २४ भदौ
नेपाल कम्युनिस्ट पार्र्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत दाङले ८ दिनको म्याद थप गरेर थुनामा राख्न आदेश दिएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले आईतवार विश्वकर्मालाई भदौ २० गतेबाट लागु हुनेगरि ८ दिनको म्याद थप गरेको हो ।
म्यादी प्रहरीको हत्याको आरोपमा प्रहरीले उनलाई जिल्ला अदालत दाङमा पेश गरेको छ ।
अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विश्वकर्माले तथ्य आधार केही नभएको र राजनितिक पूर्वागं्रहको आधारमा फसाउनकालागि मुद्धा लगाईएको बताए ।
वर्तमान सरकारले झुट्ट मुद्धाको खेति गरिरहेको भन्दै नेपाली राजनितीमा सरकारले तिर्न नसक्ने गरि यसको मुल्य चुकाउनुपर्ने उनको भनाई छ ।
नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरी २०७४ मंसिर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएको घटनालाई लिएर विश्वकर्मालाई विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
भोजपुरबाट भदौ २० गते धरौटीमा छुटेका विश्वकर्मालाई पुनः पक्राउ गरि २२ गते शुक्रवार बेलुकी प्रहरीले दाङ ल्याईपु¥याएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।